Comments Add Comment

फ्राइडे रिलिजः ‘मंगलम, हुर्रे र गाँजाबाजा’ हलमा


आज शुक्रबारबाट ३ नेपाली चलचित्र हलमा लागेका छन् । ३ नेपाली चलचित्र हलमा लाग्दा दर्शक बाँडिने भएपनि यस्ता भिडन्त नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि चल्दै आएको छ । निर्माता छविराज ओझाको निर्माण तथा नवल नेपालले निर्देशन गरेको चलचित्र ‘मंगलम’ आजबाट हलमा लागेको छ । ‘पर्ख पर्ख मायालु’ बोलको गीतका कारण चर्चामा रहेको यो चलचित्रले सिंगल हलमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । शिल्पा पोखरेल, पुष्पल खड्का, पृथ्वीराज प्रसाई, मिथिला शर्मा, निर शाह लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रको बिषयवस्तु पावरफूल रहेको निर्माता ओझाको दाबी छ ।

यस्तै, लामो समयदेखि विवादमा रहेको चलचित्र ‘गाँजाबाजा’ पनि आजैबाट हलमा लागेको छ । २ गाँजा खाने यूवाको कथामा निर्माण भएको यो चलचित्रलाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । चलचित्रमा अनुपम शर्मा, सुशिल सिटौला, बर्षा सिवाकोटी लगायतका कलाकारको मुख्य भूमिका छ । मल्टिप्लेक्स हलमा यो चलचित्र चल्ने अड्कल लगाइएको छ ।

‘ठेकीमा दहि’ बोलको गीतका कारण चर्चामा रहेको चलचित्र ‘हुर्रे’ पनि आजैबाट रिलिज भएको छ । कमेडी कथामा निर्माण भएको चलचित्रलाई यम थापाले निर्देशन गरेका हुन् । चलचित्रमा केकी अधिकारी, अनुप विक्रम शाही, राजाराम पौडेल, बिजय बराल, अंकित खड्का, संगीता नापित लगायतका कलाकारको मुख्य भूमिका छ । सिंगल र मल्टिप्लेक्स दुबै हलमा चलचित्र चल्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment