Comments Add Comment

बैंकर्स संघ संविधान विपरीत कार्टेलिङमा लाग्योः एनआईसी एसिया


२५ फागुन, काठमाडौं । ब्याजदर घटाउन नमानेकै कारण नेपाल बैंकर्स संघले एनआईसी एशियासँग अन्तर बैंक कारोबार रोक्ने निर्णयलाई एनआईसी एशियाले कार्टेलिङ भन्दै विरोध गरेको छ ।

अनलाइनखबरसँग कुुराकानी गर्दै बैंकका कार्यबाहक प्रमूख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले भने , ‘व्याजदर भनेको बजारको माग र आपुर्तिको आधारमा निर्धारण हुन्छ, खुला अर्थतन्त्रको नीति ले पनि यही भन्छ ।’

उनी व्याजदर तोक्ने निर्णय संघको नभएको र आवश्यक भएमा राष्ट्र बैंकले नियमन गर्ने बताउँछन्। ‘यो राष्ट्र बैंकले नियमन गर्ने विषय हो, यसले खराब अवस्था ल्याउने थियो भने उहाहरुले नै कडाई गर्ने अवस्था हुन्थ्यो,’ न्यौपानेको तर्क छ ।

शुक्रबार मात्रै एक सुचना निकाल्दै मुद्दती निक्षेपमा १२ प्रतिशत र बचतमा १० प्रतिशतसम्म नयाँ ब्याज प्रस्ताव गरेको थियो । यसअघि केही वाणिज्य बैंकहरुले बचतको ब्याजदर १० प्रतिशतसम्म पुर्याउँदा राष्ट्र बैंकले यसलाई आफ्नो सफलताको रुपमा ब्याख्या गरेको थियो । गत वर्ष बैंकहरुले व्यक्तिगत बचतकर्तालाई कम ब्याजदर दिएकोमा समेत राष्ट्र बैंकले असन्तुष्टि जनाउदै आएको थियो ।

बैंकहरुले संस्थागत निक्षेपकर्तालाई मात्र बढि ब्याजदर दिएकोमा समेत आपत्ति जनाएको थियो । यद्यपी, राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेल भने अहिले यसमा केही बोल्न नमिल्ने बताउछन् ।

‘बैंकहरुले व्याजदर स्थिरीकरण गर्न यस्तो गरेको हुनसक्छ । तर, यस बारेमा हामीले बुझेर मात्रै भन्न सक्छौं,’ नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भने ।

राष्ट्र बैंकले समेत बैंकहरुको व्याजदर निर्धारणमा सोझो दबाब दिन सक्दैन् । यसलाई व्यवस्थित गर्नैकै लागि राष्ट्र बैंकले व्याजदर कोरिडोर लगाइएको छ । तर, यसले बैंकहरुको निक्षेप र कर्जाको ब्याजदर व्यवस्थित बनाउन भने सकेको देखिदैन ।

बैंकलाई अन्य बैंकबाट सम्बन्धविच्छेद गराउने संघको निर्णय गलत भएको एनआइसी एशियाको भनाई छ । एनआइसीले गत मंसिरसम्ममा अन्य बैंकबाट चार अर्ब ३० करोड रुपैयाँ र राष्ट्र बैंकबाट भने ४० करोड सापटी लिएको देखिन्छ । बैंकले ऋणपत्र लगायतबाट पनि ५० करोड रुपैयाा पुँजी प्राप्त गर्दै आएको छ ।

अब बैंकले राष्ट्र बैंकबाट पैसा लिनु पर्दा ७ प्रतिशतसम्म ब्याजदर तिर्नुपर्ने हुन्छ । तर, अन्य बैंकबाट हाल ४.४० प्रतिशत पैसा पाउन सक्ने अवस्था छ ।

बैंकहरुले एक अर्कासँग पुँजीको कारोबार नगर्ने बताएका हुन् । त्यसैले ग्राहकहरुलाई अन्तर बैंक चेक हस्तान्तरण लगायतका कामहरुमा भने कुनै समस्या हुने छैन् ।

याे पनि हेराैंः अन्तरबैंक कारोबार बन्द हुँदा के–के असर पर्छ ?

२७ बैंकले रोके एनआईसी एसियासँगको कारोबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment