1. ताजा अपडेट
Comments Add Comment
Nishan Niskarsha
२०७४ फागुन २६ गते ५:४९
Ma sanga pani chhan khi tasbirharu
Yogesh
२०७४ फागुन २५ गते २१:१९
fifth photo is not of Tokha, its of Taudaha.

हिउँदका लोभलाग्दा दृश्यहरू, हेर्नुस् १२ उत्कृष्ट तस्वीर

यो माधव नारायण मेलाको तस्वीर हो । त्यसक्रममा एकाविहानै चिसो पानीमा अरूसँगै नुहाइरहेका एक बालकसहितको तस्वीर प्रशन्न बज्राचार्यले खिचेका हुन T

नेपाल पर्यटन फोटो पत्रकार क्लब (पिजे क्लब नेपाल) र पर्यटन बोर्डको सहकार्यमा भएको नेपालको हिउँद ‘थिम’ को फोटो प्रतियोगितामा प्रशन्न बज्राचार्यको फोटो उत्कृष्ट भएको छ ।

शुक्रबार घोषणा गरिएको नतिजा अनुसार विक्रम मगरको फोटो दोस्रो र प्रमिन मानन्धरको फोटोले तेस्रो स्थान हाँसिल गरेका छन् ।

विजेता फोटोग्राफर प्रशन्नले पर्यटन बोर्डको तर्फबाट शुक्लाफाँटाको तीन दिन दुई रातको टुर प्याकेजसँगै नगद ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् भने दोस्रो हुनेले तीन दिन दुई रातको लुम्बिनी टुर प्याकेज, नगद ६ हजार रुपैयाँ र तेस्रो हुनेले तीन दिन दुई रातको चितवन टुर प्याकेजसँगै नगद ५ हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगितामा देशभरबाट २ सय ३० फोटोग्राफरको ५ सय ९ वटा फोटो पठाएका थिए ।

चित्लाङ गाउँमा साइक्लिङ गर्दै गरेको तस्बीर विक्रम मगरले क्यामेरामा कैद गरेका हुन् । 
पानी परेपछि बढेको चिसो छल्न न्यूरोडमा आगो तापिरहेकाहरु । तस्वीरः प्रमिन मानन्धर
हिमाली भेगमा भेटिएका एक बालक क्यामेरा देखेपछि मुस्कुराउँदै । तस्वीरः विजय गुरूङ
टोखामा एकाविहानै देखिएको सूर्योदयको दृश्य । तस्वीरः दिनेश गोले 
लुम्बिनीको सडकमा भेडा डोहोर्याउँदै । तस्वीरः मिलन अधिकारी 
काठमाण्डूमा एक विहान देखिएको दृश्य । तस्वीरः रवि मानन्धर 
विनाशकारी भूकम्पको केन्द्र लाप्राक, गोरखामा हिउँ परेपछि …. । तस्वीरः रसिक महर्जन
तस्वीरः स्कन्द गाैतम 
एकाविहानै चोभारमा साइकल गुडाउँदै । तस्वीरः सुरज ताम्राकार 
हुस्सु लागेका बेला हिडिरहेका मानिसहरू । तस्वीरः सुरज ताम्राकार 
हिउँ परेपछि गोसाइकुण्डको लाेभलाग्दो दृश्य । तस्वीरः यबनकुमार थापा मगर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment