Comments Add Comment

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै, पक्षमा दुई तिहाइ बढी सांसद


२७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा विश्वासको मत लिँदैछन् ।

प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिने संवैधानिक व्यवस्थाअनुसार ओलीले आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् ।

आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा ओलीको पक्षमा रहेका सांसदहरुले आफ्नो मत व्यक्त गर्नेछन् ।

अहिलेसम्मको अवस्थालाई हेर्दा ओली नेतृत्वको सरकारको पक्षमा प्रतिनिधिसभाका २ सय ७५ सांसदमध्ये कम्तीमा २०९ सांसदको समर्थन देखिएको छ । दुईतिहाइका लागि १ सय ८२ मत आवश्यक पर्छ ।

ओलीको पक्षमा नेकपा एमाले, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम, राप्रपा र केही स्वतन्त्र सांसदहरु छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस विपक्षमा छ भने नेमकिपा र नयाँ शक्तिले निर्णय गरिसकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment