Comments Add Comment

‘एक महिनापछि सेयर बजार दिगो वृद्धितर्फ’


अहिले लगानीकताहरू मुख्यतः अर्थमन्त्रालयले जारी गर्ने भनेको श्वेत पत्रको पखाईमा छौं । त्यसमा सरकारले बजार प्रतिको आधिकारिक धारणा सार्वजनिक गर्ने विश्वास हाम्रो रहेको छ ।

मध्यावधि समिक्षाको मुल्यांकन गर्दा अर्थमन्त्री डा. युवराज खतिवडा बजारको चाल स्वतन्त्र रुपमा अघि बढोस् भन्ने मान्यतामै रहेका देखिन्छन् । त्यसैले पनि मध्यावधि समिक्षामा सेयर बजार बारे उनले धेरै कुरा नगरेका हुनसक्छन् ।

हामी पनि अहिले उहाले अपनाउनु भएको यो रणनीति प्रति खुशी नै छौं । हाम्रो गुनासो मात्र के हो भने उहाले मलाई यो विषय ठिक लाग्छ यो लाग्दैन भन्ने अर्थमा बजारबारे नबोलिदिनु भएको हुने थियो भन्ने हो । तर, यही साता सार्वजनिक हुने भनिएको श्वेत पत्रमा सेयर बजारबारे केही सम्बोधन भने अवश्य होला ।

चैतसम्म सेयर बजारमा ठुलो उतारचढाव नआउने अहिलेको परिस्थितीले देखाएको छ । मध्यावधि समिक्षामा सरकारले बैंकहरुले विदेशमा राखेको पुँजी फिर्ता ल्याएर वा वैदेशीक लगानी भित्र्याएर बैंकिङ क्षेत्रमा देखिएको पुँजी अभावको समस्या अन्त गर्ने बताएको छ । तरलता अभावको समस्या समाधानको लागि २/३ महिना लाग्ने अर्थमन्त्रीले अनुमान गर्नु भएको छ ।

मध्यावधि समिक्षामा सरकारले अर्थतन्त्रको अवस्था केही खराब भएपनि आत्तिनु पर्ने अवस्थामा नरहेको संकेत गरेको छ । यद्यपि, चैतमा कर तिर्ने समय हुने भएकोले सरकारी खातामा पुनः रकम थुप्रिने सम्भावना भने छ । अहिले केही बैंकले निक्षेपमा पुनः उच्च व्याजदर प्रस्ताव गरेका छन् । यो क्रम अरुले पनि पछ्याउन थालेमा बैकिङ क्षेत्रमा असन्तुलन भने हुन सक्ला । त्यसको प्रभाव बजारमा निश्चय नै पर्छ ।

बैंकहरुमा जति समस्या छ, त्योभन्दा बढि हल्ला गर्ने प्रवृत्ति पनि रहेको देखिन्छ । एउटा उदाहरण दिन्छु, केही समय अघि मात्रै पनि बैंकहरुसँग हामीले कुरा गर्दा ६५ अर्ब लगानी योग्य पुँजी छ भनेको थिए, तर त्यही दिन बैंकहरुमा पुँजी अभाव थप गहिरिएको खबरहरु सार्वजनिक भए । यो क्षेत्रमा ५२/५३ अर्ब रुपैयाँ तलमाथि हुने वित्तिकै हंगामा हुने गरेको छ ।

अहिले राष्ट्र बैंकले बैंकहरुलाई महिना अन्त्यमा निक्षेप र कोर पुँजीको तुलनामा कर्जा लगान (सीसीडी रेसियो) व्यवस्थित गरे हुने सुविधा दिएकोले धेरै समस्या हुन नपर्ने हो । बैंकहरुमा हुनेभन्दा पनि बाहिर ठुलो रुपमा समस्या देखाइने गरेको जस्तो लाग्छ ।

त्यसैले, बैशाखपछि भने परिस्थितीमा सुधार आउने अपेक्षा हामीहरुले गरेका छौं । स्थानी तहमा चैतमा ७५ अर्ब रुपैयाँ जाने भएको छ । स्थानीय तहले हाल प्रभावकारी रुपमा खर्च गर्न नसकिरहेका भएपनि बर्ष अन्त्य हुँदै जाँदा खर्च बढ्न भने सक्छ ।

सरकारले पछि खर्च गर्ने प्रवृत्ति बर्षको अन्त्यमा हुने भएकोले सरकारी खर्च पनि बढ्न सक्छ । त्यसैले बैशाखमध्य पछि अर्थतन्त्रमा पनि सुधार देखिदै जाँला भन्ने अपेक्षा हाम्रो छ ।

अर्याल नेपाल सेयर लगानीकर्ता संघका अध्यक्ष हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment