Comments Add Comment

‘शत्रुगते’को कन्सर्टमा दर्शकको घुँइचो


यतिबेला चलचित्र ‘शत्रुगते’को टिम मोफसल दौडमा छ । फागूण ३० गतेसम्म चल्ने सांगीतिक टुरमा चलचित्रका मुख्य कलाकार सहभागी छन् । फागूण २३ गतेबाट कन्सर्ट सुरु भएको हो ।

चलचित्रका मुख्य कलाकार हरिवंश आचार्य, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, शिवहरि पौडेल, निर्माता किरण केसी यो टुरमा सहभागी छन् । हेटौडाबाट सुरु भएको कन्सर्ट पोखरासम्म सकिएको छ । अब, पूर्वका विभिन्न शहरमा कन्सर्ट गर्ने तयारी गरिएको छ ।

कन्सर्टमा सहभागी कलाकार तथा निर्मात्री दीपाश्री निरौलाले दर्शकको उल्लेख्य सहभागीता रहेको बताइन् । उनले भनिन्-‘हामीले कार्यक्रम गरेका हरेक शहरमा दर्शकको बाक्लो भीड देखिएको छ । सबैजना चलचित्र हेर्न आतुर हुनुहुन्छ ।’

कार्यक्रममा कलाकार हरिवंश आचार्य ‘हरिबहादुर’ र कलाकार दीपाश्री निरौला ‘प्रहरी’ बनेर प्रहसन गरेका छन् । हरिवंश र दीपाको कमेडीले दर्शकलाई हसाँएको छ ।

यस्तै, चलचित्रका अन्य कलाकारहरु ‘रुपै मोहनी’ बोलको गीतमा नृत्य गर्दै दर्शकलाई मनोरञ्जन दिइरहेका छन् । चैत्र ९ गतेबाट रिलिज हुन लागेको यो चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दीपकराज गिरी, प्रियंका कार्की पनि मुख्य भूमिकामा छन् । प्रदिप भट्टराइले चलचित्रको निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment