Comments Add Comment

छविको ‘मंगलम’ले पायो तारिफ, व्यापार पनि सुखद


निर्माता छविराज ओझाका छोरा साकार ओझाले केहि दिन अगाडि आयोजित पत्रकार सम्मेलनमा भनेका थिए-‘मेरो बुबाले आजसम्म बनाएका सबै चलचित्र झुर थिए । तर, पहिलो पटक उहाँले राम्रो चलचित्र बनाउनु भयो, ‘मंगलम’ ।

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘मंगलम’ले दर्शकबाट पाएको प्रतिक्रियाले साकारको कुरा सहि देखाएको छ । नवल नेपालको निर्देशनमा तयार भएको चलचित्रले उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । जसकाकारण, शनिबार हलमा दर्शकको उल्लेख्य चाप देखिएको छ । चलचित्रका मुख्य कलाकार, शिल्पा पोखरेल, पुष्पल खड्का, पृथ्वीराज प्रसाई विभिन्न हलमा पुगेका थिए ।

हलमा दर्शकको चाप र सुखद प्रतिक्रियाले कलाकार दंग देखिएका छन् । चलचित्रको वर्ड अफ माउथ राम्रो रहेकाले पनि आगामी दिनमा राम्रो कमाई गर्ने विश्वास निर्माणपक्षको छ ।

पारिवारिक चलचित्र निर्देशनमा नवल नेपालले यसअगाडि पनि आफ्नो खुबी देखाइसकेका हुन् । यसपटक पनि उनले तारिफ कमाइरहेका छन् । चलचित्र हेर्ने अधिकांशले कलाकारद्धय शिल्पा पोखरेल र पुष्पल खड्काको कामको तारिफ गरेका छन् । शुक्रबारदेखि रिलिज भएका ३ चलचित्रमा व्यापारिक रुपमा पनि ‘मंगलम’ अगाडि देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment