Comments Add Comment

कांग्रेसले एमालेलाई भन्योः भोट दिन्नौं, प्रतिपक्षमै बस्छौं

बाबुराम भट्टराई अनुपस्थित हुने, नेमकिपाले अहिलेसम्म निर्णय गरेन

२७ फागुन, काठमाडौं । प्रमुख सत्तारुढ घटक नेकपा एमालेले प्रधामन्त्रीलाई विश्वासको मतका लागि प्रतिनिधिभसामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलसँग आग्रह गरेको छ ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस बाहेक सबै दलले सकारात्मक जवाफ दिएको वार्तामा सहभागी एमाले नेता सुवास नेम्वाङले बताएका छन् ।

नेम्वाङले आइतबार विहान कांग्रेससँग पनि वार्ता गरेका थिए । तर, कांग्रेसले भने प्रतिपक्षमा बस्ने जनाउँदै विपक्षमा मतदान गर्ने जवाफ दिएको छ । एमालेका नेम्वाङ र कांग्रेस नेता मिनेन्द्र रिजालवीच वार्तामा रिजालले यस्तो जानकारी दिएका हुन् ।

कांग्रेस बाहेक अन्य दलबाट सकारात्मक जवाफ आएको र प्रधानमन्त्रीलाई दुई तिहाई भन्दा धेरै बढी मत आउने देखिएको नेम्वाङले बताए ।

उनले आजै नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपा लगायतका दलसँग पनि छलफल गरेका थिए । नयाँ शक्तिले पनि प्रधानमन्त्रीप्रति आफूहरुको विश्वास रहेको तर मतदानको बेला सांसद डा.बाबुराम भट्टराई नेपालमा नहुने जानकारी गराएको उनले बताए ।

प्रधानमन्त्रीको पक्षमा एमाले र माओवादी सहित राजपा, संघीय समाजवादी फोरम र साना दलका गरी २०९ मत आउने निश्चित भएको एमालेले जनाएको छ । प्रतिनिधिसभामा २७५ सांसद छन् । सभामुख बाहेक २७४ सांसदले मत दिन पाउछन् । अहिलेसम्म प्रधानमन्त्रीलाई करीव ८० प्रतिशत सांसदको समर्थन रहने देखिएको छ ।

विश्वासको मतका लागि अपरान्ह संसद बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिएपछि अब २ वर्षसम्म संसदमा अविश्वास प्रस्ताव ल्याउन मिल्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment