Comments Add Comment

नेप्से ३१ अंकले घट्यो, पछिल्लो विकासक्रम थप प्रतिकुल


२७ फागुन, काठमाडौं । सेयर बजार परिसूचक नेप्से एकै दिन ३१ अंकले घटेको छ । नेप्से परिसूचक १२ सइ ८४ मा आइपुगेको छ ।  लगातार घटेको बजारमा गत मंगलबार र बुधबार वृद्धि भएपनि आइतबार पुरानै प्रवृत्तिले निरन्तता पायो । मध्यावधि समिक्षामा सरकारबाट सेयर बजारबारे थप केही घोषणा हुन सक्ने अपेक्षामा लगानीकर्ता रहेका थिए । हाल भने अर्थमन्त्रालयले जारी गर्ने श्वेतपत्रको पखाईमा लगानीकर्ता देखिएका छन् ।

बजारमा बढ्दो सेयर आपुर्ति, बैंकहरुमा गहिरिएको तरलता संकट र यससँगै बिकास भएका घटनाक्रमको प्रभाव बजारमा परेको हो । केही बैंकले निक्षेपमा व्याजदर बढाएसँगै कर्जाको व्याजदर पनि बढ्ने आशंका लगानीकर्ताहरुमा छ ।

मध्यावधि समिक्षाले तरलता अभावको समस्या समाधान गर्ने योजना पेश गरेको भएपनि त्यसको लागि केही समय लाग्ने भएकोले तत्काल बजार बढ्न नसकेको हो । चैत मसान्तसम्म बजारमा तरलताको समास्या समाधान नहुने सम्भावना रहेकोले पनि लगानीकर्ताहरु केही आत्तिएका हुन् । चैतमा सरकारलाई कर तिर्न पर्ने हुँदा बैंकिङ प्रणालीमा रहेको केही रकम पनि राष्ट्र बैंकमा गएर थुप्रने भएको छ । तर, सरकारले खर्च बढाउन सकिरहेको छैन ।

चैत मसान्तमा सेयर लगानीकर्ताहरुले पनि बैंकको कर्जाको किस्ता तथा व्याज भुक्तानी गर्नुपर्ने हुन्छ । सेयर मूल्य घट्दा धितो बढाउनु पर्ने अवस्था समेत हुने भएको कर्जा लिएर लगानी गरेकालाई थप दबाब पर्नेछ ।

बजारमा अधिकांश समूहको परिसूचक करिब दुई प्रतिशतदेखि चार प्रतिशतसम्म घटेको छ । हालै मात्र नेप्सेको २१ दिने मुभिङ एभरेज रेखालाई ७ दिने मुभिङ एभरेजले भेटेको भएपनि अहिले पुनः यी दुईबीच दुरी बढेको छ । बजार बढ्ने सम्भावना अहिलेलाई टरेको यसले देखाउछ ।

बजार घटेसँगै लगानी रकम पनि घटेको छ । ३२ करोड रुपैयाँको कारोबार आइतबार भएको हो । कारोबार रकम मध्यम तहमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment