Comments Add Comment

स्थानीय वायुको प्रभावले काठमाडौंसहित देशका विभिन्न भागमा वर्षा

फाइल फोटो

२७ फागुन, काठमाडौं । आइतबार दिउँसो काठमाडौं उपत्यकासहित पोखरा आसपासका क्षेत्रदेखि पूर्वी पहाडी भू–भागहरुमा मौसम बदली भएर मेघ गर्जनसहित वर्षा भएको छ ।

स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न भू–भागमा वर्षा भएको हो ।

‘स्थानीय वायुमा आएको परिवर्तनका कारण देशका विभिन्न भागमा मेघ गर्जनसहित वर्षा भएको हो’, जल तथा मौसम विभागकी मौसमविद् शान्ति कँडेलले अनलाइनखबरसँग भनिन् ।

विभागका अनुसार अाइतबार काठमाडौँको अधिकतम तापक्रम २६.६ र न्यूनतम तापक्रम १० डिग्री सेल्सियस छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment