Comments Add Comment

फेला पर्‍यो दुनियाकै पहिलो टाटु

मानिसले आफ्नो सरीरमा कहिलेदेखि टाटु बनाउन थालेको होला ? धेरैको अनुमान हुनसक्छ यहीँ आधुनिक युगमा । यसअघि अपि|mकामा मानिसहरुले १ हजार वर्षअघिबाट मात्र सरीरमा टाटु बनाउन सुरु गरेको प्रमाण फेला परेको थियो । तर हालै यस्तो प्रमाण फेला परेको छ जस अनुसार दुनियामा मानिसहरुले ५ हजार वर्षअघिबाटै सरीरमा टाटु खोपाउन सुरु गरेको पाइएको छ ।

इजिप्टमा झण्डै हजार वर्षअघि मृत्यु भएका दुईवटा मानिसका लासमा कलात्मक चित्र र टाटु खोपिएको पाइएको छ ।

इजिप्टको गेबेलियन सहरमा १ सय वर्षअघि फेला परेको एकजना महिलाको लासको अध्ययनका क्रममा हालै त्यसको पाखुरा तथा काँधमा धर्को तथा एस आकारको संकेतयुक्त टाटु फेला परेको छ । त्यस्तै अर्को पुरुषको लासमा चाहीँ जंगली साँढे र बार्बारी भेँडाको चित्र खोपिएको पाइएको छ ।

यी दुई महिला र पुरुष इशापूर्व ३३ सय ५१ देखि ३०१७ को बीचमा हालको इजिप्टको लक्जोर भन्दा ४० किमी दक्षिणमा पर्ने गेबेलियनमा बसोबास गर्ने मानिस भएको वैज्ञानिकको ठहर छ ।

बि्रटिस म्युजियमका अनुसन्धानकर्ताका अनुसार महिलाको पाखुराको टाटुले उनको प्रतिष्ठा, साहस र जादुज्ञानलाई दर्शाउने र पुरुषको टाटुले उसको शक्तिलाई संकेत गर्ने बताए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment