Comments Add Comment

आन्टा क्यालिफोर्निया शाखाको अध्यक्षमा ध्रुवकुमार झा

११ मार्च, अमेरिका । अमेरिकामा तराई मूलका नेपाली समुदायले स्थापना गरेको दि एसोसिएसन् अफ नेपाली तराईएन इन अमेरिका नामक गैर मुनाफा संस्थाको क्यालिफोर्निया शाखाको अध्यक्षमा ध्रुवकुमार झा चयन भएका छन् ।

गत मार्च ३ तारिख होली पर्व को अवसरमा क्यालिफोर्निया शाखाको निर्माण गर्नुको साथै समिति गठन गरेको संस्थाकी केन्द्रीय प्रवक्ता अपराजिता झाले छापा बिज्ञप्ति निकाली जानकारी दिएकी छिन् ।

अमेरिकामा रहेतापनि तराई वासीहरुले आफ्नो पहिचान, भाषा, साँस्कृतिक धरोहर आदिलाई अमेरिकामा छरिएर रहेका सबैसँग नजदिक सम्बन्ध, सहयोग तथा संजालमा संस्थाले जनाएको छ ।

यसको साथै नयाँ समितिले एकता गर्दै सबैलाई जोड्ने प्रतिबद्धता गरेका छन् । ध्रुवकुमार झाको नेतृत्वको समितिमा रंजित बाबु प्रसाद वरिष्ट उपाध्यक्ष, राज यादव उपाध्यक्ष तथा प्रियंका दास महासचिमा चयन भएका छन् ।

यसै गरी सहसचिवमा माधुरी कुमारी, कोषाध्यक्षमा समिता दत्त सुमन तथा प्रवक्तामा सिकेन्द्र ठाकुर निर्वाचित भएका छन् ।

यसै गरी कार्यकारी समिति सदस्यहरुमा संगीता देव, अदिति ठाकुर, यामिनी कुमार, आराधना साह, रोहित मिश्रा तथा नविन महतो निर्वाचित भएका छन् ।

यसै गरी सल्लाहकारहरुमा क्रमस डा. अर्चना कायस्थ, डा. ओम प्रकाश शर्मा, डा. सन्दिप सुमन, डा. प्रिती नाने, सुजित सिंह, सितान्शुकुमार तथा जयप्रसाद मण्डल मनोनित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment