Comments Add Comment

कहाँबाट आए मान्छेका ५४ वटा हात ?

चिसोका कारण जमेर बरफ बनेको नदीमा मानिसको हातका दर्जनौँ टुक्रा फेला परेपछि त्यसले ठूलो रह😲 सिर्जना गरेको छ ।

सुदुरपूर्वी साइबेरियास्थित खाब्राओभ्स्क सहर नजिकै अमुर नदीमा ५४ वटा मानव हात फेला परेका हुन् । स्थानीय बासिन्दाले पहिलोपटक जमेको पानीमा मान्छेका हात देखेका थिए ।

ती मध्ये ५३ वटा झोलाभित्र थिए भने एउटा बाहिरै थियो ।

ती लास को मानिसका हुन् भन्ने पत्ता लागेको छैन । मान्छेका लासको तस्करी गर्ने तस्करहरुले औँठाछापबाट मान्छेको पहिचान नहोस् भन्नका लागि लासको हात काटेर फ्याँकिदिएको र बाँकी सरीर लिएर गएको हुनसक्ने अनुमान गरिएको छ । कतिपयले चाहीँ ती हातहरु चोरी गर्ने मानिसलाई सजायँ दिएर काटिदिएका हात भएको दाबी गरेका छन् । कतिले अस्पतालमा दुर्घटना वा रोगका कारण हात काट्नुपर्ने अवस्थाका मानिसका काटिएका हात भएको हुनसक्ने पनि अनुमान गरेका छन् ।

मान्छेका हात रहेको ठाउँके नजिकै अस्पतालमा प्रयोग हुने पञ्जा समेत फेला परेको थियो ।

पुलिसले यसबारेमा केहीपनि बताएको छैन । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment