Comments Add Comment

सरकारले खोल्यो गज्जबको भोजनालायः पेटभर खानुस्, गच्छे अनुसार तिर्नुस्

आफुले मनलाग्दी पेटभर खाएपछि पैसा पनि हजम गरेको खानेकुरा अनुसार नै चुक्ता गर्नुपर्छ होटेल रेष्टुरेन्टमा । तर यो दुनियामा यस्तो रेष्टुरेन्ट पनि रहेछ, जहाँ इचछा लागेको पेटभर खान पाइन्छ, तर पैसा चाहीँ आफुसक्दो तिरे पुग्छ । यदि तपाइँलाई पैसा तिर्ने मन छैन वा सक्नुहुन्न भने नतिरेपनि हुन्छ ।

यसो पढिरहँदा त्यस्तो रेष्टुराँमा जाउँजाउँ लाग्यो होला । तर पर्खिनुस् हाम्रो नेपालमा चाहीँ होइन यो रेष्टुराँ ।

भारतको केरलामा यस्तो रेष्टुरेन्ट खुलेको हो । केरालाको अलप्पुझा जिल्लामा खुलेको यो रेष्टुरेन्टको नाम हो जनकीय भक्षणशाला अर्थात् जनता भोजनालय ।

यो भोजनालयको नारा हो – Eat as much as you want, give as much as you can । अर्थात् जति चाहनुहुन्छ खानुस्, जति सक्नुहुन्छ तिर्नुस् ।

यो रेष्टुरेन्ट सरकारी रेष्टुरेन्ट हो । त्यहाँके राज्यसरकारको वित्तिय संस्थाको सिएसआर फन्डबाट त्यो सञ्चालित छ ।

गत मार्च ३ देखि सर्वसाधारणका लागि रेष्टुरेन्ट खुलेको हो । वित्तमन्त्री थोमस इसाकले उक्त रेष्टुरेन्टको सम्बन्धमा आफ्नो फेसबुकमा लेखेका छन्- ‘तपाइँलाई यदि भोक लागेको छ भने यहाँ आएर खाना खानुस् । त्यहाँको काउन्टरमा पैसा लिने कुनै क्यासिएर हुनेछैन । तपाइाको आफ्नो मन नै यहाँको लागि क्यासिएर हो । तपाइँले दान दिन चाहेको कुरा काउन्टरमा रहेको बाकसमा राखिदिन सक्नुहुन्छ । पैसा नहुने मानिसहरु पेटभर खाएर पैसै नदिई पनि जान सकिन्छ ।’

वित्तमन्त्रीले अलझुप्पाको यो भोक मुक्त परियोजना पूरै राज्यभरी विस्तार गरिने आफ्नो बजेट घोषणामै बताएका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment