Comments Add Comment

नासाको यानमा चढेर सूर्यमा पुगिने दाबी

आफुलाई सूर्यमा पुराउने चाहना छ ? यदि छ भने सुनौलो अवसर तपाइँ सामु छ । अमेरिकी अन्तरीक्ष संस्था नासाले अब मान्छेलाई सूर्यमा पुराउँदैछ ।

सूर्यलाई मान्छेलाई पूराएर के सामुहिक हत्या गर्न खोजिएको हो ? होइन, नासाले तपाइँलाई सूर्यमा पूराउँदैछ, अर्थात् तपाइँको नामलाई ।

आफ्नो नामलाई सूर्यमा पूराउन चाहनेहरुका लागि नासाले आवेदन खोलेको छ । आगामी अप्रिल २७ सम्ममा आवेदन दिन सकिनेछ अनलाइनमार्फत । छनोट हुने नामहरुलाई एउटा माइक्रोचिपमा राखेर नासाले पार्कर सोलार प्रोवमार्फत सूर्यमा पठाउनेछ ।

आगामी गृष्मयाममा उक्त यान फ्लोरिडाबाट प्रक्षेपण गरिनेछ । जुन सूर्यको वायुमण्डलभित्र प्रवेश गर्नेछ । अहिलेसम्मका यानहरु पुग्न नसकेको नजिकसम्म उक्त यान पुग्नेछ । अर्थात् सुर्यभन्दा ४० लाख माइल टाढासम्म । उक्त क्षेत्रको तापक्रम २५ सय डिग्री फरेनहाइट रहेको छ । अहिलेसम्म त्यस्तो क्षेत्रमा कुनैपनि वस्तु पठाउन सम्भव छैन ।

यद्यपि यो यान सूर्यमा अवतरण चाहीँ गर्नेछैन । किनकी यदि त्यसो गर्न खोजेमा यो पग्लिएर ध्वस्त हुनेछ । तर, सुर्यको अहिलेसम्मकै नजिक यो पुग्नेछ र सूर्यको सबैभन्दा नजिकबाट तस्वीर लिनेछ । साथै, यसको सूर्यको अनुसन्धानका लागि महत्वपूर्ण तथ्यांकहरु उपलब्ध गराउनेछ ।

कारको आकारको यान ४ लाख ३० हजार माइल प्रतिघण्टाको गतिमा सूर्यको वायुमण्डलको यात्रा गर्नेछ ।

यस परियोजनाका उप प्रबन्धक प्याट्रिक हिलका अनुसार अहिलेसम्म झण्डै २ लाख मानिसले आवेदन गरिसकेका छन् ।

आवेदन नि:शुल्क छ । पूराउने होइन त आफुलाई सूर्यमा ? यदि इच्छा छ भने यहाँ क्लिक गरेर फाराम भरिहाल्नुस् । एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment