Comments Add Comment

जब पुटिनले ११० यात्रु बोकेको विमान खसाल्ने आदेश दिए

२८ फागुन, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले एक डकुमेन्ट्री फिल्ममा भनेका छन् कि उनले एक यात्री विमान खसाल्ने आदेश दिएका थिए । किनकी उनलाई खबर थियो-विमानमा बम छ र २०१४ को सोची विन्टर ओलम्पिकमा आक्रमण हुँदैछ ।

यो दुई घन्टाको डकुमेन्ट्रीको अनलाइन रिजिल भएको छ । जसमा राष्ट्रपति पुटिनले भनेका छन्, ‘खेल सुरु हुनु अघि नै थाहा भयो कि युक्रेनबाट टर्की जान लागेको विमान हाइज्याक भएको छ । तर, खबर गलत थियो र जहाजलाई खसालेनौं ।’

यो डकुमेन्ट्री यस्तो बेला आएको छ, जतिबेला रुसमा चुनावी सरगर्मी बढेको छ ।

पुटिनविरुद्ध सात उम्मेदवार छन् । तर, कसैलाई पनि बलियो समर्थन पाउने आश छैन । मुख्य विपक्षी नेता एलेक्सी नेवलनीलाई चुनाव लड्न प्रतिवन्ध लगाइएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार पुटिनले खसाल्न आदेश दिएको विमान टर्किस पेगेसस एयरलाइन्स बोइङ ७३७-८०० विमान हो, जुन हर्किवबाट ११० यात्रु लिएर इस्तानबुल जाँदै थियो ।

पाइलटले एक यात्रुसँग बम रहेको र उनले विमानलाई सोचीमा अवतरण गर्न भनेको बताएका थिए ।

पुटिनले डकुमेन्ट्रीमा भनेका छन्, सुरक्षा अधिकारीहरुले भने कि यस्तो अवस्थामा प्रक्रियाका हिसावले हवाई जहाजलाई खराल्नु ठीक हुन्छ । मैले त्यही गर्न भनेको थिएँ ।’

तर, केही मिनेटमै अर्को फोन आएको र उक्त खबर गलत भएको सूचना दिइएको उनले बताए ।

यसको केहीबेरपछि नै आफू सोचीमा ओलम्पिक समारोहमा पुगेको पुटिनले बताएका छन् । रोयटर्सका अनुसार राष्ट्रपति कार्यालयका प्रवक्ताले पुटिनको दाबी पुष्टि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment