Comments Add Comment

कसरी तौल कम गर्छ यी प्रोटिनयुक्त खानेकुराले

प्रोटिनले शरीरका मांसपेशी बलियो बनाउन तथा कोषिकाको निर्माण गर्न सघाउँछ । प्रोटिनको सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै शारीरिक सन्तुलन कायम राख्न मद्दत गर्छ ।

सामान्यतया, प्रोटिन पच्न भने समय लाग्छ । त्यसैले, त प्रोटिनलाई पचाउनका लागि शरीरले बढी क्योलारी वर्न गर्छ । प्रोटिनयुक्त खानेकुरा पचाउन समय लाग्ने भएकाले यो पेटमा धेरै समयसम्म रहन्छ । त्यसैले त, प्रोटिनयुक्त खानेकुराको कम मात्रामा सेवन गर्नुपर्छ भनिन्छ । र, कम खाएपछि तौल पनि कम हुनु स्वभाविकै हो ।

बदाम

बदामलाई प्रोटिनको राम्रो स्रोत पनि मानिन्छ । बदाममा चिल्लोको मात्रा अधिक रहन्छ । तर यसको सेवनलाई नियन्त्रित गरेको खण्डमा शरीरमा अतिरिक्त तौल बढ्न पाउदैन । त्यस्तै, यसकेा सेवनले रगतमा कोलेस्ट्रोलको मात्रालाई पनि बढाउँदैन । बदाममा प्रोटिन बाहेक पनि क्याल्सियम, म्याग्नेयिम, जिंक तथा भिटामिन ई पाइन्छ, जुन शरीरलाई स्वस्थ राख्न निकै महत्वपूर्ण मानिन्छ ।

अण्डा

सय ग्रामको एउटा उसेनेको अण्डामा १३ ग्राम प्रोटिन हुन्छ , जुन पुरुषको शरीरको २३ प्रतिशत तथा महिलाको शरीरको २८ प्रतिशतको प्रोटिनकेा पूर्ति गर्छ । नाश्ता तथा खाजामा खाएको एउटा अण्डाले शरीरलाई जति क्यालोरी प्रदान गर्छ, सोही अनुपातमा खाएको क्लोरीरीयुक्त अन्य खानाको तुलनामा यसले पेटलाई ज्यादा समय भरिभराउ समेत राख्छ ।

सोयाबीन

मोटोपना भएका मानिसहरुका लागि सोयाको सेवन निकै राम्रो मानिन्छ । यसले मोटो मानिसको शरीरमा जमेर बसेको वोसोलाई कम गर्न मद्दत गर्छ । त्यतिमात्र हैन, प्रोटिनयुक्त सोयावीनकेा सेवनले लिपिड अवशोषण, इन्सुलिन रेसिस्टेन्ट, फ्याटी एसिड मटाबोलिज्म तथा मोटोपना सम्बन्धि अन्य हर्मोनल समस्या, कोषिका लगायतका कारण शरीरमा हुनसक्ने परिवर्तनलाई समेत प्रभावित बनाउँछ ।

बोक्रायुक्त दाल

बोक्रायुक्त दालमा भरपुर मात्रामा प्रोटिन हुन्छ । त्यसैगरी, फोलिक एसिडका साथमा भिटामिन ए, भिटामिन बी इत्यादी पाइन्छ । यसको नियमित सेवनले रगतमा कोलेस्ट्रोललाई कम गर्न समेत सघाउ पुर्‍याउँछ, जसका कारण तौल नियन्त्रित हुने गर्छ ।

तोफू

प्रोटिन, भिटामिन ई, क्याल्सियम तथा आइरनको ठूलो स्रोत हो तोफू । तोफूमा कोलेस्ट्रोलको मात्रा अलिकति पनि हुँदैन । यष्समा कार्वोहाइड्रेटको मात्रा समेत कम हुने भएकोले तोफू शाकाहारी व्यक्तिहरुका लागि प्रोटिनको निकै राम्रो स्रोत हुनसक्छ ।

सिमी/ बोडी

सेतो सिमित तथा बोडी प्रोटिनको राम्रो स्रोत हो । सिमि तथा बोडीमा चिनी, सोडियम तथा फ्याट निकै कम मात्रामा पाइन्छ । यसमा पौष्टिकतत्वयुक्त हुनुका साथै स्वादिलो पनि हुन्छ । यसमा पाइने प्रोटिनले शरीरलाई उर्जा दिनुका साथै शरीरको तौल कम गर्न समेत मद्दत गर्छ । यस्ता सिमि तथा बोडीललाई तरकारी तथा सुप बनाएर पनि सेवन गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment