Comments Add Comment

इरफान मात्र होइन, यी सेलिब्रेटीलाई पनि थियो गम्भीर रोग

केही समय यता भारतीय अभिनेता इरफान खानलाई ब्रेन क्यान्सर भएको कुरा भाइरल भएको छ । यसबारे पुष्टि हुन भने अझै बाँकी छ । यद्यपी, इरफान खानबाहेक पनि भारतमा यस्ता कलाकारहरु छन्, जो यस अघि नै गम्भीर रोगको चपेटामा परिसकेका छन् । उनीहरुलाई कस्तो रोग लागेको थियो र त्यसबाट कसरी छुटकारा पाए त ?

अमिताभ बच्चन

११ अक्टोवर सन् १९४२ मा जन्मेका अमिताभ बच्चन भारतका चर्चित कलाकार हुन् । सोले, जञ्जिर, दिवार लगायतका हिट फिल्म दिएर निकै चर्चित बनेका अमिताभ बच्चनलाई सन् १९८४मा मायास्थेनिया गार्भिस नाम लागेको पत्ता लागेको थियो । यस रोगका व्यक्ति मानिस शारीरीक तथा मानिसिक रुपमा कमजोर हुने गर्दछ, व्यक्ति डिप्रेसनमा जाने गर्दछ । त्यस्तै, सन २००० मा उनलाई टिवि समेत भएको थियो ।

तर पूर्ण उपचारपछि उनी ठिक भैसकेका छन् । कयौले त अमिताभलाई हेपाटाइटिस बी भएको समेत बताउँछन् ।

सलमान खान

बलिउड सुपरस्टार सलमान खान पनि कुनै समयमा ट्राईजेमिनल न्युरोल्जिया नामक रोगबाट पिडित थिए । हाल उनी यो रोगबाट पूर्णतया मुुक्त छन् । त्यसो त ट्राईजेमिनल न्युरोल्जिया एक किसिमको न्युरोप्याथिक समस्या हो, जसमा व्यक्तिको अनुहार कयौ भागमा पिडा हुने गर्छ । सलमान यो समस्याबाट विगत आठ/नौ वर्ष पिडित रहे ।

हृतिक रोशन

हृतिक रोशन सबड्युरल हेमेटोमा नामक रोगबाट ग्रसित छन् । यो रोग लागेमा विरामीलाई बेस्सरी टाउको दुख्ने गर्छ । त्यतिमात्र नभई कुनै समयमा हृतिकलाई भकभकाउने रोग समेत लागेको थियो ।

मुमताज

कुनै बेलाकी प्रसिद्ध नायिका मुमताजलाई स्तनको क्यान्सर सम्बन्धि समस्या छ । सन् २०००मा उनलाई यो रोगबारे जानकारी भएको थियो । उनी हाल स्तन क्यान्सरको उपचारमा केन्दि्रत छिन् ।

धर्मेन्द्र

विभिन्न रोगको चपेटामा आउने भारतीय कलाकारहरुमध्यका चर्चित अभिनेता धर्मेन्द्र पनि यस्तो समस्याबाट अछुतो रहेनन् । सुन्नमा आए अनुसार उनलाई पनि करिब १५ वर्ष डिप्रसेनको समस्याले गजेको थियो । डिप्रशनकै कारण उनलाई मदिराको लत लागेको थियो । त्यस्तै, उनमा धुमपानको समेत लत थियो ।

अभिषेक बच्चन

यस्ता विभिन्न समस्याबाट गुज्रने भारतीय कलाकारमध्य अभिषेक बच्चन पनि एक हुन् । बाल्यकालमा उनलाई डिसलेक्सिया नामको रोग लागेको थियो । डिसलक्सिया यस्तो रोग हो जसमा व्यक्तिले राम्रोसित पढ्न लेख्न सक्दैन । यही रोगकै कारण कक्षाका साथीहरुले समेत उनलाई जिस्काउने गर्थे ।

मनिषा कोइराला

भारतीय फिल्म उद्योगमा आˆनो छुट्टै नाम बनाउन सफल मनिषालाई सन् २०१२ मा पाठेघरको क्यान्सर भएको पत्ता लागेको थियो । लगत्तै, अमेरिका पुगेर पाठेघरको शल्यकि्रया गराएकी उनी अहिले पूर्ण रुपमा स्वस्थ छिन् । अमेरिकामा बसेर करिब छ महिना उपचार गरेपछि त्यहाँका चिकित्सकहरुले मनिषालाई सन् २०१३ मे १२ मा पूर्णतया क्यान्सरमुक्त भएको घोषणा गरेका थिए ।

सोनम कपूर

भारतीय अभिनेत्री समेत गम्भीर रोगबाट ग्रसित छिन् । उनी सानै उमेरदेखि मुधमेह रोगबाट ग्रसित छिन् । नियमित इन्सुलिन तथा विशेष किसिमको खानपान पश्चात्त नै उनले मधुमेहलाई नियन्त्रणमा राख्न सकिन् । परिणाम स्वरुप सोनम कपूर अहिले मधुमेह रोगमुक्त जीवन-यापन गर्दै आएकी छिन् ।

लीसा रे

सन् २००९ मा लीसा रेले आफू मल्टीपल मायलोमा क्यान्सरबाट पिडित रहेको खुलासा गरेकी थिइन् । करिब एक वर्ष उनी यो रोगबाट पिडित पनि भइन् । उनले क्यानाडाको टोरोन्टोमा रहेर आˆनो उपचार गराउनुका साथै स्टिम सेल ट्रान्सप्लान्ट गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment