Comments Add Comment

सुर्खेत र नेपालगञ्जदेखि सिधै रारासम्म हवार्इ पर्यटन टूर

२८ फागुन, सुर्खेत । अब बाँकेको नेपालगञ्ज र सुर्खेतबाट सिधै रारा घुम्न पाइने भएको छ ।

गोमा एयरको हजाजबाट हरेक दिन सुर्खेत र नेपालगञ्जबाट राराका लागि उडान भर्ने भएपछि रारा जाने पर्यटकलाई सहज भएको छ ।

रारा एड्भेन्चर प्रा.लि र भेरी-कर्णाली र्‍यापिड एड्भेन्चर प्रा.लि.को सहकायृमा सुर्खेत र नेपालगञ्जबाट मुगुको राराका लागि गोमा एयरको सिधा उडान सुरु भएको हो ।

यी दुई कम्पनीले कर्णालीको पर्यटन प्रबर्द्धनका लागि भन्दै टूर प्याकेज समेत तयारगरेको जनाएको छन् ।

दुई रात दुई दिनका लागि १७ हजार ९९९ को प्याकेज तयार गरिएको भेरी- कर्णाली र्‍यापिड एड्भेन्चरका समुन्द्र गौतमले जानकारी दिए । जसमा दुई तर्फी प्लेन, खाना, नास्तार बसाइसहितको व्यवस्था गरिएको छ ।

यस्तै थप दिनहरुको लागि १५ सयका दरले जोडिने गौतमले बताए । यो प्याकेजमा ६ वर्षभन्दा कम र ७० वर्षभन्दा माथि उमेर भएकाहरुका लागि निःशुल्क घोडाको व्यवस्था समेत गरिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment