Comments Add Comment

दुलही बनिन् अशिष्मा


चलचित्र ‘अन्तराल’बाट नेपाली चलचित्र क्षेत्रमा भित्रिएकी नायिका अशिष्मा नकर्मी बैबाहिक जीवनमा बाँधिएकी छिन् । उनले, आज बाँनेश्वर निवासी नविन चन्द्र प्रधानसँग बिहे गरेकी हुन् । कालिमाटीको एक पार्टी प्यालेसमा अशिष्मा र नविनको बिहे भएको हो ।

अशिष्माको बिहेमा सिमित चलचित्रकर्मी देखिएका थिए । नायिका रेजिना उप्रेती, छुल्ठिम गुरुङदेखि कलाकार लक्ष्मी गिरी, सरिता लामिछाने, यशराज, कविता शर्मा लगायत उनको बिहेमा शुभकामना दिन पुगेका थिए । अशिष्मा बिहेका कहिले भावूक त कहिले खुशी देखिएकी थिइन् । उनले, नयाँ जीवन सुरु गर्न लागेको भन्दै बाबु आमाबाट केहि टाढा बस्नुपर्दा नरमाइलो पनि लाग्ने बताइन् । उनले, राम्रै कुराका लागि समय परिवर्तन भएको बताइन् । श्रीमान्ले आफूलाई धेरै माया गर्ने विश्वास लिएको अशिष्माको भनाई थियो । आफूलाई माया गर्ने सबैलाई आफूलाई शुभकामना दिन उनले बताइन् ।

अशिष्माले करिअर भन्दा परिवारको खुशी रोजेको पनि बताइन् । चलचित्र ‘अधकट्टी’मा समावेश ‘मेरो फिगर कोकाकोला’ बोलको गीतका कारण उनलाई ‘कोकाकोला गर्ल’ समेत भनेर बोलाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment