Comments Add Comment

प्राथमिक मूल्यमा सेयर पाइदा पनि किन्ने घट्दै


२८ फागुन, काठमाडौं । सोमबार बजार सात अंकले घट्दा तुलनात्मक रुपमा अन्य संस्थाहरुभन्दा ठुला पुँजीका वाणिज्य बैंकहरुको मूल्य पनि २ सय ५० रुपैयाँ मुनि आइपुगेका छन् । तर, पनि बजारमा लगानीकर्ताहरु थप मूल्य तिरेर सेयर किन्न तयार नभएको देखिन्छ ।

जनता बैंकको मूल्य एक सय ६३, सिभिल बैंकको एक सय ४९, सेञ्चुरी बैंकको एक सय ७२, प्रभु बैंकको एक सय दुई सय १६ रुपैयाँ रहेको छ । त्यस्तै, माछापुच्र्छेको दुई सय ३२, नेपाल बंगलादेशको दुई सय ३७, सनराइज बैंकको दुई सय ४२, कुमारी बैंक दुई सय ६३ र सिटिजन्स बैंकको दुई सय ६५ रुपैयाँमा कारोबार भएको छ ।

‘मूल्यको उतार चढावले हुने बाहेक लाभांशको आधारमा अहिले बजारमा ६ प्रतिशतको दरमा प्रतिफल छ । बैंकहरुबाट निक्षेपमा नै १२ प्रतिशत व्याज प्रस्ताव भइरहेको छ,’ बजार घट्नुको कारण बताउदै एक विश्लेषकले भने ।

बजार तत्काल बढ्ने अपेक्षा धेरै लगानीकर्तामा नरहेकोले पनि न्युन मूल्यमा सेयर पाइए पनि लगानी बढ्न नसकेको उनको भनाई छ । तर, कम्पनीहरुको प्रतिसेयर आम्दानी २० प्रतिशतको हाराहारीमा रहँदा लाभांशको दर पनि १२ देखि १५ प्रतिशतसम्म हुनसक्ने भएकोले पनि तत्काल लगानी नबढेको उनी बताउछन् ।

बजार अझै घट्छ भन्ने अपेक्षामा रहेकोले खरिददारी गर्ने लगानीकर्ता पनि केही पर्खिरहेको बजार सरोकारवालाहरु बताउछन् । समग्र बजारको प्रवृत्तिको आधारमा कम्पनीहरुको मूल्यमा पनि उतार चढाव हुने गरेकोले लगानीकर्ताहरु न्युनत्तम मूल्यमा सेयर पाइरहँदा पनि थप पर्खिरहेका देखिन्छन् । बजारमा सोमबार कारोबार रकम भने केही बढेर ३३ करोड रुपैयाँ पुगेको छ ।

न्युनत्तम मूल्यमा रहेका कम्पनीहरुमा कम जोखिमका हुने भएकोले पनि होल्ड क्षमता भएकाहरुले सेयर खरिदारी बढाउन सक्ने केही विश्लेषकहरु बताउछन् । तर, कम्पनीहरुको अवस्थाको मूल्यांकन गरेर जोखिम लिन सक्ने र व्याज दायित्व नपर्ने पुँजी यस्ता कम्पनीमा लगाउन सकिने उनीहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment