Comments Add Comment

विवेकशील साझा र नयाँ शक्तिले राष्ट्रपति चुनावमा भाग नलिने

२९ फागुन, काठमाडौं । विवेकशील साझा र नयाँ शक्ति पार्टीले राष्ट्रपति निर्वाचनमा भाग नलिने भएका छन् ।

राष्ट्रपतिका उमेदवारहरुलाई हेर्दा जोसुकै विजयी भएपनि दलीय प्रभावबाट मुक्त रही कार्यसम्पादन गर्ने सम्भावना अत्यन्तै न्यून भएको भन्दै विवेकशील साझाले निर्वाचनमा भाग नलिने निर्णय गरेको हो ।

आज हुन लागेको राष्ट्रपति निर्वाचनमा एमालेकी विद्यादेवी भण्डारी र कांग्रेसकी कुमारी लक्ष्मी राई उम्मेदवार छन् ।

यसैगरी नयाँ शक्तिले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको पक्षमा रहेको भन्दै चुनावमा भाग नलिने जनाएको छ ।

विवेकशील साझा पार्टीले आसन्न राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा पार्टीको धारणा तय गरी सोहीअनुसार आवश्यक निर्णय लिन प्रदेश सभा संसदीय दल (प्रदेश ३) लाई अधिकार प्रत्यायोजन गरेको थियो । सोहीअनुसार सोमबार बसेको प्रदेश ३ को संसदीय दलको बैठकले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय गरेको दलका नेता रमेश पौडेलले जानकारी दिए ।

प्रदेश सभामा विवेकशील साझा पार्टीका रमेश पौडेल, विराजभक्त श्रेष्ठ र शोभा शाक्य सदस्य छन् । उनीहरु तीनैजना प्रदेश ३ का हुन् । राष्ट्रपति निर्वाचनमा प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य मतदाता हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment