Comments Add Comment

राष्ट्रपति निर्वाचनः राप्रपाको मत विद्या भण्डारीलाई

२९ फागुन, काठमाडौं । राप्रपाले राष्ट्रपति निर्वाचनमा विद्यादेवी भण्डारीलाई मतदान गर्ने भएको छ । राप्रपा प्रवक्ता भुवन पाठकले मंगलबार विज्ञप्ति निकालेर भण्डारीलाई मतदान गर्ने जानकारी दिएका छन् ।

विज्ञप्तिमा लेखिएको छ, ‘वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै वृहत्तर राष्ट्रिय हित, एकता र प्रजातन्त्रको संरक्षण सम्बर्द्धनको साथै सबै पक्षहरुको बीच संयोजनकारी भूमिकाको अपेक्षा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा विद्यादेवी भण्डारीलाई मतदान गर्ने निर्णय गरेको छ ।’

मंगलबार हुने राष्ट्रपति निर्वाचन भण्डारी र कांग्रेसकी कुमारी लक्ष्मी राई उम्मेदवार छन् । राप्रपाबाट बिभाजन भएर गठन भएको राप्रपा प्रजातान्त्रिकले भने राईलाई मतदान गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment