Comments Add Comment

एप्पलको अफिसमा किन हुँदैछन् कर्मचारी घाइते ?

अमेरिकी कम्पनी एप्पलको क्यालिफोर्नियामा बनेको स्पेसशीप स्टाइलको आलिशान कार्यालय भवन एप्पल पार्कमा कर्मचारीहरु घाइते बन्ने क्रम बढेको छ ।

भवनमा सिसाका भित्ता तथा ढोकाहरु ठोक्किएर कर्मचारीहरु दिनहुँ घाइते बन्ने गरेको बताइएको छ ।

अरबौँको लागतमा बनेको एप्पलको हाइटेक तथा भव्य कार्यालय भवन आफ्नै कर्मचारीहरुका लागि खतरनाक बन्ने देखिएको छ ।

काँचले बनेको यो भवनमा कामको सिलसिलामा यताउति हिँड्दा कर्मचारीहरु अल्मलिन्छन् । टल्किने काँचका कारण ढोका बन्द हो की खुल्ला नै हो भन्ने भेउ पाउन गाह्रो हुन्छ र कर्मचारीहरु ढोकाबाट बाहिर निस्कन खोज्दा बेस्सरी काँचको ढोकामा ठोक्किन्छन् । त्यस्तै पारदर्शी भित्ताका कारण पनि झुक्किएर कर्मचारीहरु ठोक्किने गरेका छन् ।

अहिलेसम्म केही कर्मचारीहरु घाइते बनेका र ३ जना त गम्भीर अवस्थामा इमर्जेन्सीमै लगेर उपचार गर्नुपरेको बताइएको छ ।

सिसाका ढोका तथा भित्तामा ठोक्किएर कर्मचारीहरु नै घाइते हुन थालेपछि अहिले भवनका ढोका तथा आउजाउ गरिने ठाउँम्ाा पर्ने पारदर्शी भित्ताहरुमा पहेँलो स्टिकर टाँस्न थालिएको छ ।

चारतले एप्पल पार्क काँचको विशाल भवन हो । नर्मन फोस्टरले यसको डिजाइन गरेका हुन् । यो भवनको काँचमा पारदर्शीपन तथा चमक ल्याउनका लागि काँचलाई विशेष टि्रटमेन्ट गरिएको छ ।

यो भवनको लागत झण्डै ५ अर्ब डलर रहेको छ । स्टिभ जब्सले यो कार्यालय भवनको प्रसंसा गर्दै यसलाई विश्वको सर्वोत्तम कार्यालय भवन भनेका थिए । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment