Comments Add Comment

जान्हवीको तस्बिर खिच्न निषेध


श्रीदेवीको निधनपछि उनकी छोरी जान्हवी कपुर मिडियाको निशानामा परिरहेकी छिन् । जान्हवी सहभागी हरेक कार्यक्रममा मिडियाको फोकस हुन्छ ।

तर, यसबाट उनलाई अप्ठ्यारो पर्ने भन्दै निर्देशक करण जोहरले ‘धडक’को सुटिङमा मोबाइल निषेध गरेका छन् । सुटिङमा निर्देशकको अनुमतिबिना कसैले पनि जान्हवीको तस्विर खिच्न नपाउने निर्णय पनि जोहरले सुनाएका छन् ।

चलचित्रको निर्देशन शशांक खेतानले गर्दैछन् । धेरैजसो सुटिङ आउटडोर हुने भएकाले पनि फोटो र भिडियो निषेध गरेको निर्देशकको भनाई छ । जान्हवीका तस्बिर अहिले मिडियामा लिक भैरहेका छन् । जसकाकारण, पनि यसको निर्माण टिम अप्ठ्यारोमा परेको छ । जसकाकारण, मोबाइल नै निषेध गरिएको हहो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment