+
+

पोखरा फाइनान्स भैरहवा र बेसीशहरमा

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २९ गते ११:४१


२९ फागुन, काठमाडौं । पोखरा लेखनाथ न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले थप दुई शाखा सञ्चालनमा ल्याएको छ । फाइनान्सले यही सोमवार देखि आधुनिक वित्तीय सुविधायुक्त आफ्नो ११ औं शाखा भैरहवा र १२ औं शाखा बेसीशहरमा सञ्चालनमा ल्याएको हो ।

निकट भविष्यमा नै चितवनको नारायणघाटमा समेत नयाँ शाखा सञ्चालनमा ल्याइने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राज कुमार गुरुङले जनाए ।

चुक्ता पृ्ंजी रु. ६५ करोड ५७ लाख रहेको कम्पनीले गत पुससम्ममा रु. ३ अर्व ९४ करोड रुपैयाँ निक्षेप र रु. ३ अर्व ७० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । कम्पनीको जगेडा कोषमा रु. ४१ करोड ७३ लाख छ ।

भैरहवा तथा बेशीसहर शाखा मार्फत् संस्थाले निक्षेप एवं कर्जा तथा सी­आश्वा लगायतका सम्पूर्ण आधुनिक बैकिङ सेवा उपलब्ध गराउने प्रमुख कार्यकारी अधिकृत गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?