Comments Add Comment

‘कोहलपुर एक्सप्रेस’को शिर्ष गीत रिलिज


चलचित्र ‘कोहलपुर एक्सप्रेस’को शिर्ष गीत सार्वजनिक भएको छ । यसअगाडि सार्वजनिक भएका २ वटा गीत कमजोर भएपनि यो गीत पावरफूल छ । कालिप्रसाद बाँस्कोटाको स्वर र संगीत समावेश गरिएको गीत रोचक छ ।

निर्माणपक्षले भिडियो तयार पारिनसकेका कारण अहिले लिरिकल भिडियो मात्र सार्वजनिक गरेको हो । लिरिकल भिडियोमा चलचित्रमा समावेश केहि तस्बिरहरु प्रयोग गरिएको छ । गीतको एनिमेड भिडियोलाई बिजय बस्यालले तयार पारेका हुन् ।

यो चलचित्र वैशाख १४ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, बुद्धि तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, बाल-कलाकार कुशाग्र भट्टराई लगायतको अभिनय छ । विशाल भण्डारीले यो चलचित्र निर्देशन गरेका हुन् । नायिका केकी अधिकारीले चलचित्र निर्माण गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment