Comments Add Comment

भदौमा ‘मिस्टर भर्जिन’


नामकै कारणले चर्चामा रहेको चलचित्र ‘मिस्टर भर्जिन’को प्रदर्शन मिति फाइनल गरिएको छ ।  यो चलचित्र आउँदो बर्षको भदौ १ गतेबाट रिलिज हुने निर्माणपक्षले जानकारी दिएको छ । वर्ल्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसन प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रलाई विशारद बस्नेतले निर्देशन गरेका हुन् ।

चलचित्रमा गौरव पहारि, बिजय बराल, कमलमणि नेपाल, मरिष्का पोखरेल, भोलाराज सापकोटा, रविन्द्र झा, श्रृजना सुब्बा लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी, मिलन डी काप्रिको सम्पादन छ ।

तीन यूवाको यौन मनोविज्ञानको कथालाई यो चलचित्रले उठान गरेको छ । चलचित्रमा खिलेन्द्र तिमिल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र विशारद बस्नेतको लगानी छ । सन्दिप उप्रेती चलचित्रका सह-निर्माता हुन् ।

‘मिस्टर भर्जिन’ले भदौ १ गतेलाई प्रदर्शन मिति तोकेपछि आउँदो बर्षको भदौ महिनामा आधा दर्जन भन्दा बढी चलचित्र रिलिज हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment