Comments Add Comment

दुर्घटनामा परे आदित्यनारायण झा


प्रसिद्ध गायक उदितनारायण झाका छोरा आदित्यनारायण झा दुर्घटनामा परेका छन् । उनले चलाएको मर्सिडिज गाडीले अटोरिक्सालाई ठक्कर दिएको हो ।दुर्घटनामा अटो चालक र अटोमा सवार एक महिला घाइते भएका छन् । प्रहरीले आदित्यको स्वास्थ्य जाँच गर्दा मदिरा पिएर गाडी नचलाएको पाइएको छ । त्यसपछि प्रहरीले लापरबाहीपूर्वक सवारी चलाएको भन्दै मुद्दा दर्ता गरेको छ ।

भारतीय मिडियाले उल्लेख गरे अनुसार अटोचालकको टाउकोमा चोट लागेको छ भने यात्रु महिलाको हड्डी भाँचिएको छ । उक्त घटना लोखण्डवालास्थित इन्द्रलोक बिल्डिङ अगाडि भएको थियो ।

३० वषर्ीय आदित्यको बिरुद्ध आइपीसीको धारा २७९ एवं ३३८ अनुसार केश दर्ता भएको छ । सुरुमा उनलाई हिरासतमा लिइए पनि १० हजार धरौटीमा प्रहरीले छोडेको थियो ।

आदित्यले सन् १९९६ मा हिन्दी चलचित्र ‘मासुम’मा बाल-कलाकारको भुमिका निर्वाह गरेका थिए । उनले ‘श्रापित’ बाट नायकमा डेब्यु गरेका थिए । अहिले गायन सम्बन्धि रियालिटी शोमा ब्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment