Comments Add Comment

पर्सिसम्म मन्त्रिपरिषदले पूर्णता पाउँछ : प्रचण्ड

 

२९ फागुन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबारसम्म मन्त्रिपरिषदले पूर्णता पाउने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीसँग मंगलबार विहान पनि यसबारे पनि छलफल भएको उनले बताए ।

मंगलबार संघीय संसद भवन परिसरमा राष्ट्रपति निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीमाझ कुरा गर्दै प्रचण्डले भने, ‘भोलि पर्सिसम्म यो टुंगिन्छ ।’

निर्वाचनको चक्र पूरा भएको भन्दै उनले अब मुलुक स्थिरता र विकासको नयाँ लडाईमा प्रवेश गरेको पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment