Comments Add Comment

नेमकिपाले पनि राष्ट्रपति चुनावमा मतदान गरेन


२९ फागुन, काठमाडौं । नेपाल मजदुर किसान पार्टीले पनि राष्ट्रपति चुनावमा मतदान बहिस्कार गरेको छ ।

राष्ट्रपति चुन्न संघीय ससद परिसरमा भएको मतदानमा नेमकिपाका एक जना प्रतिनिधिसभा सदस्य र २ जना प्रदेशसभा सदस्यले मतदान नगरेका हुन् ।

वर्तमान राष्ट्रपति विद्या भण्डारी र कांग्रेसकी पूर्वसांसद कुमारी लक्ष्मी राई चुनावी मैदानमा छन् ।

सांसद प्रेम सुवालले चुनावी मैदानमा रहेका पार्टीहरुसँग छलफल र सहमति नभएका नभएकाले भोट नहालेकाे बताए ।

नयाँ शक्ति र विवेकशील साझा पार्टीले पनि मतदानमा भाग लिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment