Comments Add Comment

डडेल्धुरामा वृद्धा र किशोरी बलात्कृत

२९ फागुन, डडेल्धुरा । डडेल्धुरामा दुई दिनयता दुई वटा बलात्कारका घटना सार्वजनिक भएका छन् । २६ फागुनमा एक जना दलित एकल वृद्धा बलात्कारको शिकार भएकी थिइन् ।

६२ वर्षीय वर्षीया उनलाई ३२ वर्षीय केशव लुहारले जबरजस्तीकरणी गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ की बृद्धालाई लुहाले मादक पदार्थ सेवन गरेर उनको घरमै गएर जबरजस्तीकरणी गरेका थिए ।

सोही दिन धनगढी घर भएकी मानसिक सन्तुलन गुमेकी १७ वर्षीय किशोरीलाई पुरचौँडी नगरपालिका–२, हाल कञ्चनपुर शुक्लाफाटा नगरपालिका–११ का नरेन्द्र बहादुर कुँवरले जबरजस्तीकरणी गरेको प्रहरीले जनाएको छ ।

उनले कीशोरीलाई कञ्चनपुरको दैजीबाट बझाङ्गको गाडीमा चढादिन्छु भनि झुक्काएर डडेल्धुरको जोग बुढाको एक होटलमा पु¥याई जबरजस्तीकरणी गरेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment