Comments Add Comment

व्यवसायीमाथि गोली प्रहारको विरोधमा भैरहवा बजार बन्द


२९ फागुन, रुपन्देही । व्यवसायीमाथि सोमबार राति गोली प्रहार भएको विरोधमा भैरहवाका ब्यवसायीहरुले बजार बन्द गरेका छन् ।

उनीहरुले मंगलबार बजार बन्द गरी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा कारवाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका नवनिर्वाचित कार्यसमिति सदस्य हरिष सेठियामाथि हिजो राति गोली प्रहार भएको थियो ।

गोली प्रहार र प्रहरीले पीडितलाई थप दुःख दिएको तथा चोरी डकैती बढेको भन्दै संघले मंगलबार भैरहवा बजार बन्द आह्वान गरेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले बताए ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका २ जनाको समूहले सेठियालाई गोली प्रहार गरेका थिए । सेठिया सकुशल छन् ।

स्थानीय र प्रहरीको प्रयासमा अगाडिको भागमा ७८६ र पछाडिको भागमा यूपी ५६ इ ४१४९ नम्बरको प्लेट भएको मोटरसाइकल, एउटा थान घरेलु कटुवा पस्तोल, फायर भएको खोका, १ थान गोली, सामसुङ मोबाइल डायरीसहित भारत नौतनवाका ४६ वर्षीय रामजान मुसलमानलाई प्रहरीले पक्राउ गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment