Comments Add Comment

पुरुषमा यस्तो लक्षण देखिए हुनसक्छ थाइराइड

तुलनात्मक रुपमा महिलालाई बढी हुने

थाइराइडको समस्या पुरुषको तुलनामा महिलालाई बढी हुने गर्छ । एक पुरुष बराबर ५ देखि ८ जना महिलामा थाइराइडको समस्या हुने तथ्यांक छ ।

सामान्यतय, हर्मोनको गडबडीका कारण महिलामा थाइराइडको समस्या हुन्छ । तर, पुरुषको तुलनामा महिलामा थाइराइडको समस्या बढी हुनुका अन्य थुप्रै कारण हुनसक्छन् ।

दिनभर थकान महसुस हुनु

महिला होस् वा पुरुष, थाइराईड भएमा थकाइ लाग्छ । काम गर्ने जाँगर नहुनु सुत्न समस्या हुनु तथा अनावश्यक चिडचिडापन बढनु पनि थाइराइडको सकंत हुुनसक्छ । यस्तो समस्या पुरुषमा अचानक देखिएमा रगत जाँचमार्फत तुरुन्तै थाइराइड रोगको जाँच गराउनुपर्छ ।

निसन्तानपना

कयौ पुरुषमा देखिने निसन्तानपनाको समस्या थाइराइडको गडबडीका कारण पनि हुनसक्छ । पुरुषहरुमा थाइराइडको गडबडी भएमा निसन्तानपना हुनेगर्छ । पुरुषहरुमा थाइराईड हर्मोनको उत्पादन बढी भएमा वा हाइपर थाइराइडिज्म भएमा स्पर्म उत्पादनको गति सुस्त हुन्छ ।

मानव मस्तिष्कमा हुने पिट्युटरी ग्रन्थीबाट पिट्यूटरी हर्मोनको उत्पादन बढी हुन्छ । जसलाई चिकित्सकीय भाषामा ‘प्रोल्याक्टिन’ भनिन्छ । आवश्यकता भन्दा बढी प्रोल्याक्टिनको उत्पादन भएमा पुरुषहरुमा हुने टेस्टेष्टेरोन नामक हर्मोनको उत्पादन कम हुन्छ । जसका कारण पुरुषले पर्याप्त मात्रामा स्पर्मको उत्पादन गर्न सक्दैन र निसन्तानपनाको समस्या हुने गर्दछ ।

अचानक तौल बढ्नु

सन्तुलित भोजन गरीरहँदा पनि पुरुषकेा तौल अचानक बढेमा एक पटक अवश्यक थाइराइडको जाच गराउनुपर्छ । थाइराईड रोगको संकेत पनि हुनसक्छ । थाइराइडको कारण अचानक तौल बढेमा नियमित व्यायामबाट पनि तौल घटदैन ।

कब्जियतको समस्या

पुरुषहरुमा थाइराइडको समस्या भएमा कब्जियत हुन्छ । जति औषधी खाएपनि कब्जीयत खासै निको हुदैन । सन्तुलित आहार, नियमित व्यायाम तथा औषधीबाट पनि कब्जियतमा कमी नआएमा एक पटक अवश्यक थाइराइडको जाँच गराउनुपर्छ ।

मांसपशी दुख्नु

थाइराईडको रोगका कारण कयौ पुरुषलाई मांसपेशी दुख्ने गर्छ । यस्तो दुखाई विशेष गरी कम्मर मुनीको भाग तथा काँधमा हुने गर्छ । कयौ पटक यसकै कारण जोर्नीसमेत सुनीन्छ । समयमै उपचार नगरेको खण्डमा यस्तो समस्या गम्भीर बन्न सक्छ ।

कपाल तथा अनुहारमा समस्या

पुरुषमा थाइराइडको समस्या भएमा यसको असर उनीहरुको कपाल तथा अनुहारमा समेत देखिने गर्छ । पुरुषहरुमा विस्तारै विस्तारै उनीहरुको छाला सुख्खा र पहेंलो हुन्छ । कपाल र्झछ र रौ बाक्लो तथा कडा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment