Comments Add Comment

सुजुकीको लिमिटेड एडिक्सन ‘सिलेरियो एक्स’ नेपाली बजारमा


२९ फागुन, काठमाडौं । सीजी मोटोकर्प, नेपालका लागि सुजुकीफोर व्हिलरस्को आधिकारिक वितरक तथा सीजी होल्डिङ्ग को अटोमोटिभ डिभिजनले अत्यन्त निर्भिक देखिने स्र्पोटी र ट्रेन्डि सिलेरियो एक्स बजारमा ल्याएको छ ।

सिलेरियो एक्स स्र्पोटस्मा एरोडाइनामिक शैली अनि अग्रभागको वरिपरी एक्स् थीममा आधारित ग्राफिक्स्, गाडीको दायावाया भाग, पछाडीको बम्पर, स्किड प्लेटमा राखिएको सुरक्षात्मक आवरणले गाडी अत्यन्त प्रभावशाली भएको सहजै महशुस हुन्छ ।

गि्रल, फोगगार्निस, क्लाड, रुफ गार्निस एण्ड इन्टेरियरमा लगाएको अत्यन्त चमकदार कालो आवरणले सुरुवात मै गाडी अत्यन्त स्टाइलिस देखिन्छ । नदेखिने बि-पिलर यसको अर्को ट्रेन्डि विशेषता हो ।

सिलेरियोले आफूलाई पूर्ण फेमिलीकारको रुपमा नेपाली बजारमा स्थापित गरेको छ । सिलेरियो एक्स सँगै सुजुकीले अत्यन्त रुचाइएको यो मोडल, नेपालीबजारको चाहनाअनुरुपअझ स्टाइलिस अनि स्पोर्टी  बनाउदै लग्ने लक्ष्यराखेको छ ।

सिलेरियो एक्स सम्पूर्ण नयाँ पपि्रका ओरेन्ज रंगको सिग्नेचर रंगमा उपलब्ध छ । यो रंगले युवाजोश र स्र्पोटिनेस झल्काउँछ । ग्राहकले यो गाडी अन्य रंग आर्कटिक व्हाइट, ग्लिसनिङ ग्रे, क्याफिन ब्राउन र टर्क ब्लयु मध्यबाट रोज्न सक्नेछन् ।

सम्पूर्ण कालो इन्टेरियरमा सेतो रंगको परिवर्तित समायोजनले गाडीको इन्टेरियर अझ स्र्पोटि देखिन्छ । यसमा इन्टेरियर र एक्सटेरियरको सुक्ष्म तर बेजोडको रंग समिश्रण झल्किन्छ । कालो रंगको सिटमा सुन्तला रंगको समयोजनले गाडीको स्र्पोटी लुक्स लाई थप निखार दिएको छ ।

सिलेरियो एक्स नेपालमा डुयल एयर ब्याग र आन्टिलक ब्रेकिङ सिस्टम  को साथमा उपलब्ध छ । सिटबेल्टको प्रयोगलाई सुनिश्चित गर्दै यात्राथप सुरक्षित बनाउन यसमा ड्राइभरको साइडमा सिट बेल्ट रिमाइन्डरको व्यवस्था गरिएको छ ।

अडियो माउन्टेड कन्ट्रोल सहितको म्युजिक सिस्टम, किलेस इन्ट्री, ड्राइभरको सिटको उचाइ घटबढ लगायतका विभिन्न आरामदायी बन्दोवस्तीले गाडीको यात्रा रमाइलो अनि आरामदायी बनाउँछ ।

शक्तिशाली के. नेक्सट इन्जिनयुक्त यो गाडीले अत्याधिक २३.१ किलोमिटर प्रतिघण्टाको माइलेज दिने दाबी गरिएको छ । यो गाडीको सुरुवाती मूल्य २६ लाख ९९ हजार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment