Comments Add Comment

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खाता

२९ फागुन, काठमाडौं । माछापुच्छ्रे बैंकले आकर्षक सुबिधासहितको एमबीएल स्मार्ट बचतखाता सञ्चालनमा ल्याएको छ । खातामा न्युनतम पााच हजार बचत गरी ६ प्रतिशत ब्याज प्राप्तगर्न सकिने छ ।

खातामार्फत ग्राहकले विभिन्न स्मार्ट सुविधाहरु निःशुल्क प्राप्त गर्ने छन् । स्मार्ट सुविधाअन्तर्गत ग्राहकहरुले ईन्टरनेट बैकिङ्ग सुविधा, एमबीएल मोबाइल मनी, डेबिट कार्ड, क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर सुविधा, सि-आश्वा सुविधा, अन्तरशाखा कारोबार सुबिधा र लकर सुबिधामा समेत ५० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् ।

यो खाता खोलेपछि ग्राहकहरुले अब घरमै बसी आफ्नो बचतलाई मुद्दतीमा रुपान्तर समेत गर्न सक्ने छन् ।

बैंकनैनगई इलेक्ट्रोनिक माध्यमबाटै बैंक खाता सञ्चालन गर्न ग्राहकवर्गलाई प्रोत्साहित गर्ने उद्देश्यले बैंकले स्मार्ट बचत खाता सञ्चालनमा ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment