Comments Add Comment

महिलाको हत्या गरी साढे २१ लाख लुट्ने समूहका फरार अभियुक्त समातिए

मृतक महिला ।

२९ फागुन, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले लाखौं रुपैयाँको धनमाल चोरीसँगै व्यक्ति हत्यामा संलग्न एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको साविक सूर्यगढी–७ घर भइ हाल सूर्यगढी–२ बस्दै आएका २० वर्षीय मुस्कार भनिने हरिशरण अधिकारी छन् ।
उनले १२ साउनमा काठमाडौंको बुढानिलकण्ठ–१, तौलुङस्थित छोरी गीता ढकालको घरमा बस्दै आएकी ३० वर्षीय सुदामा लामिछानेको हत्या गरेका थिए ।

घरमा एकलै भएको मौका पारेर फलामको हम्मरले टाउकोमा प्रहार गरी उनको हत्या भएको थियो भने घरमा भएको नगद, सुनचाँदी र हिराका गरगहना समेत गरी २१ लाख २९ हजार ५ सय रुपैयाँ बराबरको धलमाल चोरी गरिएको थियो ।

यसअघि उनलाई जिल्ला अदालत काठमाडौंले १ लाख रुपैयाँ धरौटी लिएर तारेखमा राख्न आदेश दिएको थियो । तर, पुनः उच्च अदालत पाटनमा मुद्दा पुनरावेदन परेकोमा ६ पुसमा उक्त आदेश बदर भएको थियो ।

सोही क्रममा उनलाई नुवाकोटबाट पक्राउ गरी जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत जिल्ला अदालत काठमाडौंमा पेश गरिएको थियो । र, अहिले उनलाई कारागार कार्यालय, जगन्नाथदेवल पठाइएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment