Comments Add Comment

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा विदेश मन्त्री बर्खास्त

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिदेशमन्त्री रेक्स टिलरसनलाई बर्खास्त गरेका छन् ।

उनको स्थानमा गुप्तचर स‌ंस्था सीआईएका प्रमुख माइक पोम्पियोलाई नियुक्त गरेका छन् ।

हालसम्मको सेवाका लागि टिलरसनलाई धन्यबाद दिँदै ट्रम्पले ट्वीटरमार्फत् यस्तो घोषणा गरेको बीबीसीले जनाएको छ ।

उत्तर कोरियाका नेता किम जोङ उनसँग वार्ता गर्ने ट्रम्पको निर्णयप्रति टिलरसनले सार्वजनिक रुपमा बिरोध जनाएका थिए । यसबारे आफूसँग परामर्श नगरिएको उनको भनाइ थियो ।

टिलरसनसँग अन्तरबिरोध बढ्दै गएपछि राष्ट्रपति ट्रम्पले गत शुक्रबार नै उनलाई राजीनामा दिन भनेका थिए । ह्वाइटहाउस स्रोतलाई उदृत गर्दै सीएनएनले जनाएअनुसार उत्तर कोरियासँगको वार्तालाई सफल बनाउने उदेश्यले राष्ट्रपतिले यस्तो कदम चालेका हुन् ।

नवनियुक्त बिदेशमन्त्री पोम्पियोले आफ्नो नियुक्तिप्रति आभारी रहेको प्रतिक्रिया दिएका छन् ।

साथै सीआईएका नयाँ प्रमुख भने जीना हास्पेल हुनेछन् । हास्पेल सीआईएको पहिलो महिला प्रमुख बन्ने अमेरिकी राष्ट्रपति ट्रम्पले टि्वट गरेका छन् ।

रेक्स टिलरसन विश्वको सबैभन्दा ठूलो तेल कम्पनी एक्सन मबिलको कार्यकारी मुख्यकार्यकारी अधिकृत भइसकेका व्यक्ति हुन् । करिव एक वर्ष अघि ट्रम्पले उनलाई आफ्नो विदेशमन्त्री बनाएका थिए ।

त्यसबेला नै टिलरसन र रुसको सम्वन्धलाई लिएर थुप्रै प्रश्न उठेको थियो । तर, अमेरिकी क्याबिनेटले उनको बचाउ गर्दै अरु देशसँग वार्ताको अनुभव रहेको बताएको थियो ।

टिलरसन खुला ब्यापार र मध्यपूर्वमा अमेरिकको उपस्थिति बनाउने पक्षमा थिए । उनको विचार ट्रम्पको विचारसँग खेल नखाएको जानकारहरुको विश्लेषण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment