Comments Add Comment

तिलोत्तमा गोल्डकप : आर्मीलाई हराउँदै मनाङ सेमिफाइनलमा


२९ फागुन, बुटवल । मनाङ मर्स्याङ्दी क्लब बुटवलमा जारी २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा मनाङले त्रिभुवन आर्मीलाई ३-० ले पराजित गर्‍यो ।

एन्फा टेक्निकल सेन्टर देवीनगरमा भएको खेलमा मनाङका विजय राईले ४१ र ९० मिनेटमा गोल गरे भने विदेशी खेलाडी भिक्टोरले इन्जुरी समयमा गोल गरे ।

खेलको २४ औ र ६५ औं मिनेटमा मनाङ मर्स्याङ्दीका डोना थापाले एलो कार्ड ९ रातो कार्ड पाई १० खेलाडीमा सिमति भएपनि २ गोल गरेको थियो ।

खेलमा मनाङ मर्स्याङ्दीका विजय राई म्यान अफ दी म्याच भए । उनले ११ हजार १ सय ११ नगद पुरस्कार पाए ।

प्रतियोगितामा बुधबारदेखि सेमिफाइल चरणमा खेल हुनेछन् । पहिलो खेलमा नेपाल प्रहरी र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुनेछ । फाइनल प्रवेशका लागि मनाङले थ्रीस्टारसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

चैत ३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ७ लाख ७७ हजार ७ सय ७७ र उपविजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment