Comments Add Comment

नवनिर्वाचित राष्ट्रपति भण्डारीको शपथ आज


३० फागुन, काठमाडौं । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछिन् । उनी मंगलबार दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।

बुधबार अपरान्ह ४ बजे शपथग्रहणको कार्यक्रम तय भएको शीतल निवास स्रोतले जनाएको छ ।

राष्ट्रपतिलाई प्रधानन्यायाधीशले सपथ खुवाउने संवैधानिक व्यवस्था छ । तर प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली विवादमा परेकाले कोबाट शपथ लिने भन्ने नैतिक संकट भण्डारीलाई परेको छ ।

भण्डारी ११ कात्तिक २०७२ मा पनि नेपालको दोस्रो राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment