Comments Add Comment

संसदीय शैलीबारे कांग्रेस सांसदलाई प्रशिक्षण

३० फागुन, काठमाडौं । कांग्रेसले प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने आफ्ना सांसदहरुलाई प्रशिक्षण दिँदैछ । केही सांसदहरु नयाँ भएकाले संसदमा प्रस्तुत हुने शैली सिकाउन लागिएको नेपाली कांग्रेसले जनाएको छ ।

त्यसका लागि बुधबार बिहान ११ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा अभिमुखीकरण कार्यक्रम राखिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कार्यक्रममा पार्टीका नेता र कांग्रेस निकट विज्ञहरूले सांसदलाई संसदीय परिपाटीका विषयमा सिकाउनेछन् ।

प्रतिनिधिसभामा ६३, राष्ट्रिय सभामा १३ र प्रदेश सभामा कांग्रेसका १ सय १३ गरी कुल १ सय ८९ सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment