Comments Add Comment

दुई राज्यका राजाः मेकानिकको काम गर्छन्, स्काइपबाट शासन चलाउँछन्

दुई-दुईवटा देशका राजाले मेकानिकको काम गर्छन् भनेर पत्याउनुहुन्छ ? पत्याउन गाह्रो पर्ला । तर दुईवटा अफ्रिकी राज्यका यी राजाले मेकानिकको काम गर्दछन् र स्काइपबाट आफ्नो राजकाज चलाउँदछन् ।

७० वर्षका सिफस बन्साह दुईवटा अफ्रिकी राज्यका राजा हुन् । हाल उनी जर्मनीमा बस्दछन् र जर्मनीबाटै स्काइपमार्फत राजकाज चलाउँदछन् । उनी जर्मनीमा कार मर्मत गर्ने काम गर्दछन् ।

यी राजा टोगो र घानाका वादशाह हुन् । जर्मनीमा बसेर उनले स्काइपबाट यी दुई देशमा शासन चलाउँदछन् ।

उनको जन्म घानामा भएको थियो । राजा नियुक्त हुनुअघि नै उनी जर्मनी प्रवेश गरेका थिए सन् १९७० मा ।

उनको राज्य पूर्वोत्तर घाना र टोगाको सीमाक्षेत्रस्थित दुबै देशको क्षेत्र पर्दछ । त्यहाँ ३ लाख मानिस बस्दछन् । टोगोमा उनलाई सुपेरियर एण्ड स्प्रिचुअल चिफ अव इवे पिपुल भनेर चिनिन्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment