Comments Add Comment

मुसा समातिने बित्तिकै मोबाइलमा सन्देश !

एउटा यस्तो मेसिन बनाएका छन् वैज्ञानिकहरुले जसले मुसा समातिसकेपछि वाइफाइका माध्यमबाट तपाइँको स्मार्टफोनमा सन्देश पठाउनेछ ।

एक कम्पनीका इन्जिनियरहरुले यस्तो मेसिन बनाएका हुन् जसले मुसा पक्रिनेछ र त्यसको सन्देश प्रयोगकर्ताको मोबाइलमा पठाउनेछ ।

वेकफिल्ड टेक्नोलोजी नामक उक्त कम्पनीले हालै एउटा यस्तो मुसा समात्ने मेसिन बनाएको हो । यसमा विशेष खालको वाइफाइ डिभाइस जडान गरिएको छ । जब यो मुसेरीमा मुसा पर्नेछ, तब त्यसले स्मार्टफोनमा सन्देश पठाउनेछ ।

मुसा आतंकबाट आजित बनेकाहरुका लागि यो मेसिन निकै गज्जबको साथी बन्ने पक्का छ ।

यो मुसाको जाल अर्थात् मुसेरीमा एउटा मोसन सेन्सर डिभाइस रहेको छ जसले मुसा तथा मेसिन दुबैको गतिविधि ट्रयाक गर्दछ । मोसन सेन्सर डिभाइस ठ्याक्कै चिजजस्तै देखिन्छ । त्यसैले त्यसलाई खाने चिजजस्तो मानेर मुसा खुसी हुँदै मुसेरीभित्र दौडिन्छ र भित्र छिरेपछि बन्द हुन्छ । जब मुसा मेसिनभित्र फस्दछ तब त्यसको जानकारी सेन्सरमार्फत सम्बन्धित व्यक्तिको स्मार्टफोनको एपमा प्राप्त हुन्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment