Comments Add Comment

विश्व स्मार्टफोन बजार खस्किँदो, वृद्धिदर दोहोरो अंकमा नहुने

काठमाडौं । वर्षौंयता दोहोरो अंकको वृद्धिदर हासिल गरिरहेको विश्वको स्मार्टफोन बजार यस वर्ष भने संकुचित हुने देखिएको छ ।

रिपोर्ट अनुसार यस वर्ष सन् २०१८ मा स्मार्टफोन प्रयोगकर्ताको संख्यामा ९.१ प्रतिशत मात्रले वृद्धि हुनेछ ।

मार्केट रिसर्च फर्म फोरेस्टरका अनुसार सन् २०१८ मा विश्वका मोबाइल फोनका प्रयोगकर्ता युनिक सब्सक्राइबर्सको संख्या ३ अर्ब नाघ्नेछ । अर्थात् विश्वको ५५ प्रतिशत जनसंख्यामा स्मार्टफोन पुग्नेछ ।

सस्तो मूल्यका स्मार्टफोनमा वृद्धि हुनु, मोबाइल डाटाको मूल्यमा गिरावट तथा छोटो प्रतिस्थापन चक्रका कारण स्मार्टफोन उद्योगले पछिल्लो १० वर्षमा तिव्रतम वृद्धि हासिल गरिरहेको छ ।

रिपोर्टमा भनिएको छ- अब विश्वमा नयाँ प्रयोगकर्ता थप गर्न निकै कठीन भैरहेको छ र केही देशले मात्र यसो गर्न सकिरहेका छन् । यद्यपि स्मार्टफोन प्रयोगकर्तासँग अहिले पनि ठूलो अवसर रहेको छ ।

विश्वमा स्मार्टफोन प्रयोगकर्ताको संख्या सन् २०१४ मै फिचर फोन प्रयोगकर्ताको संख्याभन्दा माथि पुगेको थियो । यद्यपि अहिले पनि विश्वका १ अर्ब मानिसले फिचर फोन नै चलाउँदछन् । फिचर फोन प्रयोग गर्ने यो जनसंख्या स्मार्टफोन निर्माताहरुका लागि निकै उर्वर तथा अवसरजन्य क्षेत्र हो ।

रिपोर्टअनुसार सन् २०२२ सम्ममा थप १ अर्ब नयाँ स्मार्टफोन प्रयोगकर्ता थपिनेछन् । यसमा फिचर फोन प्रयोगकर्ताले स्मार्टफोन पनि खरीद गर्नेछन् र कतिपय फिचर फोन प्रयोगकर्ताले चाहीँ फिचर फोन त्यागेर पूर्णरुपमा स्मार्टफोन प्रयोग गर्न थाल्नेछन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment