1. ताजा अपडेट
Comments Add Comment
Khusi Limbu
२०७४ फागुन ३० गते १४:५४
प्रेश बिज्ञप्ति बेलायतमा रहेका नेपाली पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघ बेलायत शाखाको कार्यवधि गत मार्च ६ का दिन विधिवत रुपमा समाप्त भएको बेलायतवासी आम नेपाली जनसमुदायलाई जग जाहेर छ । यस परिस्थितिमा केन्द्रसंग समन्यव गरेर मात्रै अधिबेशनको मिति तोक्नु भनी काठमाण्डौंस्थित नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयले जारी गरेको पत्रको निर्देशन बिपरित नेपाल पत्रकार महासंघ बेलायतको बिघटित पूर्व कार्यसमितिले हिजो मिति ११ मार्चका दिन गरेको निर्णयहरुको बिरुद्द नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूके यो प्रेश बिज्ञप्ति जारी गर्दछ । सदस्यता दर्ताको अन्तिम मिति गत जनवरी ३१ मा समाप्त भएपश्चात तत्काल सदस्यता वितरण नगरेर झण्डै डेढ महिनापछि मात्र आफ्ना अनुकुलका आवेदकहरुको मात्र आवेदन स्वीकार गर्नु पत्रकारिता र आम पत्रकारहरुको बिरुद्द भएको फोनिज यूकेको ठहर छ । आगामी अधिवेशनमा बिभिन्न पदका आकांक्षीहरु मात्रै बसी आफ्ना समर्थकहरुलाई मात्र सदस्यता बितरण गर्ने दुष्प्रयास घोर निन्दनीय र आपत्तिजनक छ नेपाल पत्रकार महासंघ बेलायत शाखाका निवर्तमान कार्यसमितिका मुट्ठीभरका सदस्यहरुको यस बदनियतपूर्वक र सुनियोजित षडयन्त्रका बिरुद्द बेलायवासी नेपाली जनजाति पत्रकारहरु र सम्पूर्ण न्यायप्रेमी नेपाली पत्रकारहरु एक हुन फोनिज यूके हार्दिक अपिल गर्दछ । सदस्यता वितरण र नविकरण प्रक्रियामा नेपाल पत्रकार महासंघ, बेलायत शाखाले सम्भावित रुपमा गर्न सक्ने यिनै दुष्प्रयासहरुलाई मध्यनजर गरी केन्द्रद्धारा मिति २०७४ फागुन २५ मा बेलायत शाखालाई आएको निर्देशनको समेत अवहेलना गरी मिति १९ मे २०१८ का दिन हुने भनी तोकिएको कथित बेलायत शाखको अधिबेशन फोनिज यूके र यसमा आवद्द पत्रकारहरुका लागि मान्य नहुने घोषणा यसै बिज्ञप्ति मार्फत सार्वजनिक गरिन्छ । र केन्द्रसंगकको परामर्श बिना कुनै महत्वपूर्ण निर्णय नगर्न भनी दिएको केन्द्रको निर्देशनलाई चुनौति दिंदै भिडन्तको वातावरण तयार गर्न बेलायत शाखाका केही सदस्यहरुको निर्णय दुर्भाग्यपूर्ण र फोनिज यूके यसको घोर भत्र्सना गर्दछ । समयावधि सकिसकेको बेलायत शाखाको कार्यसमितिको अबैधानिक निर्णय केन्द्रको बिधानलाई समेत चुनौति हो र नेपाल पत्रकार महासंघले यसलाई होशियारी र बुदुदीमतापूर्वक निर्णय गरी आम पत्रकारहरुको हितमा निर्णय गर्नेछ भन्ने आशा फोनिज यूके ब्यक्त गर्दछ । महासचिब नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूके
Rajendra Rai
२०७४ फागुन ३० गते १४:१५
नेपाल पत्रकार महासंघ केन्द्रले गत हप्ता युके शाखालाई एक पत्र लेखि कार्यकाल समयसीमा भित्र नयाँ सदस्यता वितरण र पुराना सदस्यहरुको नवीकरण पुरा नगरेको लगायत समयमा अधिवेशन गराउन आवश्यक तयारी पुरा नगरेको भनि अब केन्द्रको समन्वय र परामर्शबाट मात्र अघि बढ्न निर्देशन गरेको थियो । तर केन्द्रको निर्देशनलाई बेवास्ता गरि आफु अनुकुलका व्यक्तिलाई मात्र सदस्यता वितरण गर्न लागेको भनी कार्य समिति कै अधिकांश पदाधिकारीहरुले असहमति राख्दा-राख्दै अध्यक्ष खपांगी पक्षले एक पक्षीय ढंगबाट अघि बढेको हुँदा कार्यसमितिको अरु पक्ष विरोधमा उत्रेका छन् । जनवरी ३१ को समयसीमा भित्र बुझ्याइएको आवेदनमा एक महिनाभन्दा बढी समय लगाएर बोलाइएको बैठकमा पनि कुनै सहमति नभएपछि नयाँ र पुराना गरि सदस्यताका लागि परेको आवेदनमा के कसरी अगाडि बढ्ने सहमति नभएपछि बैठकमा उपस्थित अधिकांश सदस्य कुनै निर्णय नगरौँ भनि बैठकबाट निस्केका थिए ।

पत्रकार महासंघ युकेको अधिवेशन मे १९ मा

लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाको चौथो अधिवेसन मे १९ मा हुने भएको छ । शाखाको शनिबार फार्नब्रोमा बसेको बैठकले सो निर्णय गरेको हो ।

शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षतामा बसेको सो बैठकले अधिवेशनमा केन्द्रीय अध्यक्ष गोविन्द आचार्यलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गर्ने निर्णय गरेको छ ।

बैठकले नयाँ सदस्यताका लागि प्राप्त आवेदनमध्ये सर्वसम्मतरुपमा २० जनालाई सदस्यताका लागि केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ । जसअनुसार मञ्जु भण्डारी खरेल, डा. नरेशचन्द्र राई, खुमबहादुर (कुमार) केसी, भूमिराज राई, गुणदेव घिमिरे, सुमलकुमार गुरुङ, जगन्नाथ (जनक) कार्की, ओमप्रसाद थापा काउचा, प्रकाश अर्याल, जानुका काम्बाङ लिम्बु, रुद्र ढकाल, भिमल राई, हेमन्तराज पौडेल, बिसन गुरुङ, खेमराज रानाभाट, बमबहादुर थापा, जयराम तामाङ, शंकर श्रेष्ठ, प्रकाश गुरुङ र लालबहादुर पुन रहेका छन् ।

यसैगरी, शाखाले अधिवेशनका अवसरमा युकेमा रहेका अग्रज पत्रकारहरुलाई सम्मान गर्ने भएको छ ।

शाखाको बैठकलाई केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले टेलिफोनमार्फत शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment