Comments Add Comment

चीनमा नरेन्द्र मोदीभन्दा आमिर खान चर्चित !

मुम्बई । चिनियाँ मिडिया आमिर खानलाई भारतलाई बाटो देखाउने फिल्मवाला भनेर भन्छन् । फ्यानहरु उनलाई ‘मेल गड’ भन्छन् भने वालवालिका ‘अंकल आमिर’ भनेर सम्बोधन गर्छन् ।

चीन जस्तो देशमा आमिर खानको लोकप्रियता बढ्नुको कारण हो आमिर मार्फत धेरै चिनियाँले भारतीय संस्कृतिको बारेमा जानकारी पाए ।

१४ मार्चमा आमिरले भारतमा आफ्नो जन्मदिन मनाइरहँदा चीनमा उनले आफ्नो फिल्म ‘सिक्रेट सुपरस्टार’को सफलताको खुसी मनाएका छन् । उक्त फिल्म जनवरीमा रिलिज भएको थियो । गएको वर्ष ‘दंगल’ चीनमा हिट भएको थियो ।

पाँच वर्ष पहिले सन् २०१३ मा अभिनेता ज्याकी च्याङ भारत आएका थिए । केही पत्रकारले च्याङलाई भेटे । च्याङलाई भारतीय फिल्मको वारेमा मात्रै तीन कुराको जानकारी थियो- आमिर खान, थ्री इडियट्स र बलिउडको डान्स ।

अन्य मुलुकमा भारतीय फिल्म निकै देखाइन्छ । चीनमा लोकप्रिय हुने भारतीय कलाकारमध्ये राज कपुरपछि आमिर खान नै हुन् ।

मोदीका भन्दा आमिरका फ्यान धेरै

आमिरको चीनको सामाजिक सञ्जाल वीबो (चीनको ट्विटर) एकाउन्ट छ । वीबोमा सबैभन्दा धेरै फलोअर्स हुने भारतीय हुन् आमिर । आमिर खानका साढे छ लाखभन्दा धेरै फलोअर्स छन् भने भारतीय प्रधानमन्त्री मोदीको डेढ लाख ।

आमिर वीबो मार्फतलगातार आफ्ना चिनियाँ फ्यानसँग जोडिएका छन् । कहिले चिनियाँ नयाँ वर्षको शुभकामना दिन्छन् त कहिले नयाँ फिल्ममा आफ्नो लुक्स सार्वजनिक गर्छन् । कहिले चिनियाँ कलाकारसँग डान्स सिक्दै गरेको त कहिले चिनियाँ परिकार खाँदै गरेको तस्विर पोष्ट गर्छन् । चिनियाँ खाना आफ्नो मनपर्ने खाना भनेर भन्ने गरेका छन् आमिरले ।

फ्यानसँग सम्बन्ध बढाउने यो उनको तरिका हो । गएको जनवरीमा पनि उनी ‘सिक्रेट सुपरस्टार’ का लागि चीनमै थिए ।

आमिरको फिल्ममा सामाजिक न्याय, महिला-पुरुष बराबरी, पारिवारिक मूल्य, सपना पूरा गर्ने क्रममा गर्नुपर्ने संघर्षका कथाले चिनियाँ नागरिकलाई पनि छुने गरेको छ

चिनियाँहरुले आमिर खानलाई सन् २००० मा रिलिज भएको ‘लगान’ बाट चिनेका थिए । जब ‘थ्री इडियट्स’ चीनमा रिलिज भयो त्यसपछि ‘धुम थ्री’, ‘पीके’ र ‘दंगल’ रिलिज भयो ।

चिनियाँ मिडियाले उल्लेख गरेअनुसार आमिरको फिल्ममा यस्ता मुद्दा समावेश हुन्छ जुन मुद्दाले चिनियाँ युवाको मनमा स्थान पाउँछ । कलेजमा राम्रो नम्बर ल्याउनुपर्ने दबाव, बा-आमाको इच्छा, शिक्षा प्रणालीमा देखिएको कमी जस्ता विषयले चिनियाँ युवायुवतिको मन छुन्छ । चीनको स्कुल कलेजमा आमिरको फिल्म देखाउने गरिएको छ ।

हलिउडको एक्सन फिल्मको सट्टा आमिरको फिल्ममा सामाजिक न्याय, महिला-पुरुष बराबरी, पारिवारिक मूल्य, सपना पूरा गर्ने क्रममा गर्नुपर्ने संघर्षका कथाले चिनियाँ नागरिकलाई पनि छुने गरेको छ ।

थ्री इडियट्स, पीके र धुम थ्रीलाई चिनियाँ दर्शकले मन पराए । दंगल नौ हजार थिएटरमा प्रदर्शन भयो । त्यति मात्रै होइन, दंगल चीनमा सबैभन्दा धेरै कमाइ गर्ने भारतीय फिल्म बन्यो ।

चीनका राष्ट्रपतिले नरेन्द्र मोदीसँग कुरा गर्दा पनि दंगलको तारिफ गरेका थिए । गएको वर्ष बीबीसीसँग कुरा गर्दै चिनियाँ दर्शकले भनेका थिए ‘दंगलमा हामीले हाम्रो जिन्दगी पायौं ।’

आफ्नो सपना पूरा गर्न लड्नुपर्ने लडाइँ, बा र छोरा-छोरीको सम्बन्ध र चिनियाँ महिलाको दिक्दारी पनि उक्त फिल्ममा देखाइएको थियो ।

आमिर भन्छन्, ‘मलाई चीन घुम्न रमाइलो लाग्छ । चिनियाँ नागरिक खुल्ला दिलका छन् । यही कुराले मलाई आकर्षित गर्छ । प्रेमले मलाई ‘मीचु’ भन्छन् । म पटक-पटक चीन जान चाहन्छु ।’

चिनियाँ मिडियामा आमिर

सत्यमेव जयते जस्तो टिभी शोको कारण आमिरको छबी चीनमा यस्तो बनेको छ जो समाजलाई सही बाटो देखाउन चाहन्छन् । यो पनि चीनमा आमिरको लोकप्रियता बढ्नुको एउटा मुख्य कारण हो । उनको यो शो चिनियाँ वेभसाइटले पनि प्रसारण गरेको थियो ।

भारतको सन्दर्भमा चिनियाँ मिडिया त्यति सकारात्मक छैनन् । तर, चीन र आसपासका मुलुकका मिडिया आमिरको तारिफ गर्न कन्जुस्याइँ गर्दैनन् । साउथ चाइना मर्निङ लेख्छ, ‘मीट द सीक्रेट सुपरस्टार आफ चाइना ः आमिर खान ।’

त्यसो त स्टेटस टाइम्सले लेखेको छ, ‘सीक्रेट सुपरस्टारबाट आमिरले चीनमा एक पावर दिए ।’

डिप्लोम्याटको लेखको शीर्षक रहेको छ ‘आमिर चीनमा भारतको सफ्ट पावर ।’

चीनमा फिल्म प्रिमियरको साथ आमिर सम्बन्ध गाँस्न सफल भए । उनको रणनीति फरक छ । उनी फिल्मको प्रमोसन एवं मार्केटिङ निकै सजिलोसँग गर्छन् ।

उनी स्थानीयसँग घुलमिल हुन्छन् भने कार्यक्रममा स्थानीय कलाकारलाई निम्ता गर्छन् । सिक्रेट सुपरस्टार प्रदर्शनको क्रममा पनि सात शहर घुमेका थिए ।

आमिर बाहेक सलमान खानको ‘बजरंगी भाइजान’ले चीनमा सफलता पाएको थियो । इरफान खानको हिन्दी मिडियम पनि रिलिजको तयारीमा छ ।

वीवीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment