1. ताजा अपडेट
Comments Add Comment
Saroj
२०७४ फागुन ३० गते ११:१०
Bidesh ma jasto Taxi ko color ma ekrupata lyaunu jaruri chha ta ki public le saoulai taxiko pahichan garun.
Roshani Magar
२०७४ फागुन ३० गते १०:५५
यिनीहरूलार्इ सम्यम हुने र ट्राफिक नियम पालना गर्न माेटिभेट गर्नु पनि जरूरी छ ।
sadip
२०७४ फागुन ३० गते १०:४७
yo karya sarkai chalak bata suru garnu paryo
suraj gurung
२०७४ फागुन ३० गते १०:३७
very praiseworthy job.
मान वहादुर महरा
२०७४ फागुन ३० गते १०:२८
धेरै राम्रो कार्य
Bal Mukunda Parajuli
२०७४ फागुन ३० गते ९:४९
poshak bhanda pani pahila sarbajanik yatatatama tikat kater matra bhadha asuli garne niyam kayam gara taki kohi kasaile pani manpari bhada asulera abaidh kamai garna naskos .Bidhi ko sasan kayam gara

चैत ६ देखि माइक्रो बसका चालक र सहचालकलाई ड्रेस

काठमाडौं उपत्यकापछि देशैभरि युनिफर्मको व्यवस्था गरिने

३० फागुन, काठमाडौं । आगामी चैत ६ गतेदेखि काठमाडौं उपत्यकाभित्र गुड्ने सार्वजनिक सवारीका चालक तथा सह-चालकले विशेष पोशाक (ड्रेस) लगाउन थाल्ने भएका छन् ।

पहिलो चरणमा उपत्यकाभित्रका माइक्रो बसका चालकहरुले विशेष पोशाक लगाउने भएका छन् । यो व्यवस्थालाई क्रमैसँग बाहिरी जिल्लामा पनि लागू गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यातायात मजदुरको पहिचान झल्किने गरी विशेष ड्रेस कोड तोकिएको र त्यसको सुरुवात माइक्रोबसबाट गर्ने तय भइसकेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले अनलाइनखबरलाई जानकारी दिए ।

चैतको ६ गतेबाट माइक्रो बसका चालकले पहेँलो र सहचालक हरियो रंगको पोशाक लगाउनेछन् । गर्मी सुरु भएकाले उनीहरुले पातला ‘विन्ड चिटर’ लगाउने छन् ।

महाशाखाले सार्वजनिक सवारीका चालक तथा सहचालकलाई अनुशासित बनाउन छुट्टै ड्रेसको व्यवस्था गर्न केही महिनाअघि देखि नै प्रयास थालेको थियो ।

उपत्यकाका झण्डै ५० वटा यातायात समितिले युनिफर्म तोक्ने विषयमा सहमति जनाइसकेका छन् । महाशाखा प्रमुख सर्वेन्द्र खनालले लामो समय व्यवसायीसँग छलफल गरेर यसलाई कार्यान्वयनमा लैजाने तयारी गरेका हुन् ।

अब यातायात मजदुरलाई व्यवसायीहरुले नै आफ्नै खर्चमा पोशाकको व्यवस्था गर्नेछन् ।

सार्वजनिक सवारीमा यात्रुहरु चालक तथा सहचालकबाटै दुब्र्यवहारमा पर्ने गरेका छन् । उनीहरुलाई आफ्नो पेशाप्रति उत्तरदायी बनाउन युनिफर्म तोक्न लागिएको ट्राफिक प्रहरीले जनाएको छ ।

‘ड्रेस तोकेपछि यातायात मजदुरको पहिचान सहज हुन्छ । पोशाक लगाएपछि समस्या रहेका चालक र सहचालककको बानी व्यवहारमा सुधार आउँछ । यो अन्तर्राष्ट्रिय अभ्यास पनि हो,’ नायक प्रहरी उपरीक्षक मरासिनीले भने,’भीडभाडमा पनि यातायात मजदुरलाई सजिलै चिन्न सकिन्छ । यसले उनीहरुलाई मर्यादा बस्न र जिम्मेवारी बोध गर्न बाध्य पार्छ ।’

उपत्यकामा झण्डै ३२ हजार सार्वजनि सवारी चल्ने गरेका अनुमान छ । केही समयपछि अरु बससहित ट्याक्सी, टेम्पोका चालकले पनि युनिफर्म लगाउने व्यवस्था गर्न लागिएको महाशाखाले जनाएको छ । कुनै नीतिगत वा कानुनी व्यवस्थामार्फत नभएर व्यवसायीलाई जिम्मेवार बनाएर यसलाई लागू गर्न लागिएको हो ।

‘यो लागू भएपछि सार्वजनिक सवारीमा दुब्र्यबहार कम हुन्छ । मजदुरको पनि इज्जत र प्रतिष्ठा बढ्छ,’ मरासिनीले भने,’यसले चालकको आचरणमा पनि सुधार ल्याउँछ । त्यसका कारण दुर्घटनामा पनि कमी ल्याउने सक्छ ।’ मजदुरले तोकिएको ड्रेस लगाउन थालेपछि सार्वजनिक यातायातको गरीमा पनि बढ्ने अपेक्षा ट्राफिक प्रहरीको छ ।

अहिले साझा यातायात, केही ट्याक्सी सेवा प्रदायक कम्पनी, एयरपोर्टको प्रिपेड ट्याक्सीले चालकका लागि पोशाक तोकेका छन् ।

विकसित देशहरुमा पनि सार्वजनिक सवारी चलाउनेले आफ्नो पहिचानका लागि विशेष पोशाक लगाउने चलन छ । त्यसलाई नेपालमा पनि लागू गर्नुपर्ने पक्षमा ट्राफिक प्रहरी छ ।

छिमेकी भारतमा पनि सवारी चालकहरुले बेग्लै युनिफर्म लगाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment