आइतबार, १० असार, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

ओखलढुंगामा जिप दुर्घटना हुँदा चालकको मृत्यु

Suzuki
अनलाइनखबर

३० फागुन, ओखलढुंगा । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-११ मा बोलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

काठमाडौंबाट कुखुराको चल्ला लिएर सोलुखुम्बु जाँदै गरेको को २ च १३४९ नम्बरको जिप सदरमुकामको रमाइलोडाँडा नजिकै दुर्घटना हुँदा चालक शिवकुमार भुजेलको मृत्यु भएको हो । २१ वर्षीय भुजेल सिद्धिचरण नगरपालिका १ तलुवाका बासिन्दा हुन् ।

जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ ।

दुर्घटनामा मानेभन्ज्याङ गाउँपालिका वडा नम्बर ७ टोक्सेल घर भएका १९ वर्षका सहचालक अर्जुन गौतम घाइते भएका छन् । गौतमको ओखलढुंगा सामुदायिक अस्पताल उपचार भइरहेको प्रहरी निरीक्षक टिका कार्कीले जानकारी दिए । घाइतेको अबस्था भने सामान्य छ ।

विहान करिब साढे ३ बजेतिर जिप दुर्घटनामा परेको हो । नेपाली सेनाको गण नजिकै दुर्घटनामा परेकाले ड्युटीमा रहेका सेनाका जवानले थाहा पाउनासाथ उद्धार गरेका थिए ।

२०७४ फागुन ३० गते १०:०० मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१ प्रतिकृया प्राप्त
  • Manoj Nepal लेख्नुहुन्छ    |   २०७४ फागुन ३० गते १०:२७

    sad news …………..

    2
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this