Comments Add Comment

बच्चाका लागि स्मार्ट ब्रस : गेम खेल्दै, दाँत माझ्दै

काठमाडौं । धेरै बालबालिकाहरु ब्रस गर्न अल्छि मान्छन् । तर, गेम खेल्न भने जहिलेसुकै तयार हुन्छन् ।

उनीहरुको यही प्रवृत्तिलाई ख्याल गर्दै फ्रेन्च कम्पनी कोलिब्रिले यस्तो ब्रस ल्याएको छ, जसले दाँत माझिरहेको बेला सँगसँगै गेम खेल्न सकिन्छ ।

यो डिभाइस मोसन ट्रयाकिङ एपबाट स्मार्टफोनमा जोड्न सकिन्छ । फ्रन्ट क्यामेराको सहायताले यसमा बच्चाबच्चीलाई स्मार्टफोनको बिचमा राख्न सकिन्छ ।

यसमा बच्चाबच्चीले १५ वटा फरक-फरक गेम छान्न सक्छन् । साथै यो टुथ ब्रसको सहायताले बाबुआमाले बच्चाहरुको ब्रस गर्ने बानीबारे बुझ्न सक्छन् । यसबाट आफ्नो बच्चाले दिनमा कतिपटक कति समयसम्म ब्रस गरेको छ भन्नेबारेमा जानकारी लिन सकिन्छ ।

गेम खेल्नकै लागि धेरैपटक बच्चाहरुले ब्रस गर्छन् कि भन्ने धेरैलाई चिन्ता हुनसक्छ । तर, यो ब्रसले दिनमा तीनपटक भन्दा बढी गेम खेल्न दिँदैन । साथै यसले ब्रस कसरी गर्ने भन्नेबारेमा शिक्षा दिन्छ ।

म्यागिकले यही वर्ष ३० अमेरीकन डलरभन्दा कम मूल्यमा यो स्मार्ट ब्रस उत्पादन गर्ने योजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment