Comments Add Comment

चोलेन्द्र बाहेक सबै न्यायाधीशको इजलास तोकियो

३० फागुन, काठमाडौं । प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीको वैधतामाथि प्रश्न उठाउँदै इजलास बहिस्कार गरेका न्यायाधीशहरुलाई बुधवार पनि मुद्दाको सुनुवाइका लागि इजलास तोकिएको छ ।

पराजुलीले आफूसँग असहमत रहेका चोलेन्द्र शमसेर जबरालाई भने इजलास तोकेका छैनन् । चोलेन्द्रले सोमवार इजलासमै लिखित वक्तव्यमार्फत पराजुलीको पदावधि गत साउनमै सकिएको भन्दै उनले तोकेको इजलास बहिस्कार गर्ने जनाएका थिए । उनलाई मंगलवार पनि इजलास तोकिएको थिएन ।

मंगलवार दिपकराज जोशी, विश्वम्भरप्रसाद श्रेष्ठ, हरिकृष्ण कार्की, सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा, इश्वर खतिवडा, प्रकाशमान सिंह राउत र आनन्दमोहन भट्टराईले पनि इजलास बहिस्कार गरेका थिए ।

बुधवार पनि पराजुलीले कार्की र खतिवडालाई ८ नम्बर इजलास तोकेका छन् । त्यस्तै भट्टराई र मल्ललाई ९ नम्बर इजलास तोकेका छन् भने जोशी र श्रेष्ठलाई १ नम्बर इजलास तोकेका छन् ।

त्यस्तै सिन्हा र राउतलाई १० नम्बर इजलास तोकिएको छ । पराजुलीले आफ्नो एकल इजलास समेत तोकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment